काठमाडौं । रुसको निझनी नोभगोरोड पशु अस्पतालमा राखिएको एउटा खोरमा बसिरहेको नीलो रौँ भएको कुकुर। जरझीन्स्क शहरमा हाल बन्द रहेको रासायनिक कारखाना नजिकै हालै नीलो रौँ भएका केही कुकुरहरू फेला परेका थिए ।

माउन्ट एट्नास्थित युरोपको सबभन्दा सक्रिय ज्वालामुखीबाट निस्केको लाभा। यो यसै साता मङ्गलवार र बिहीवार पनि विस्फोट भएको थियो। नजिकका शहरमा अधिकारीहरूले अनुगमन गरिरहेका छन् ।

शुक्रवार मङ्गल ग्रहको जेजेरो क्रेटरमा नासाको पर्सिभिअरन्स रोभर अवतरण गर्दा खिचिएको भिडिओबाट निकालिएको तस्बिर। यो ६ पाङ्ग्रे रोबटले कम्तीमा दुई वर्ष यहाँका चट्टानहरू खोपेर बिताउने छ र त्यहाँ जीवावशेष थिए कि भनेर अन्वेषण गर्नेछ। यो क्रेटरमा अरबौँ वर्ष अघि विशाल ताल थियो भन्ने वैज्ञानकिहरूको विश्वास छ।

एथेन्सको एक्रोपोलिसस्थित एथेना नाइक टेम्पलमा परेको हिउँ। त्यहाँको तापक्रम माइनस १९ डिग्री सेल्सियससम्म पुगेको छ। प्रधानमन्त्री कीरियाकोस मिट्सोटाकिसले त्यहाँका नागरिकलाई घरभित्रै रहन आग्रह गरेका छन् ।

ब्रिटेनको अक्सफर्डस्थित योग प्रशिक्षक ह्यारियट म्याक्एटीले ६ फीट चौडा डुङ्गाबाट योगका कक्षाहरू चलाउँछिन्। महामारीका कारण उनले जूम भिडिओ कल मार्फत् प्रशिक्षण दिन्छिन् ।

