Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुनसरी-१ बाट स्वतन्त्र चुनाव लड्ने कालीकोटेको घोषणा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 14, 2022
667

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा नहुँदै स्वतन्त्र उम्मेद्वारहरुले निर्वाचनमा उठ्ने घोषणा धमाधम गरिरहेका छन् ।

यसबीच स्काई मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष तथा सञ्चालक विजय कालीकोटेले आउँदै गरेको प्रतिनिधिसभा निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनले सुनसरीको क्षेत्र नं. १ धरानबाट प्रतिनिध सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।

नेपालमा भएको भ्रष्टाचार, महङ्गी, गरिबी, बेरोजगार, मुलुकको आन्तरिक मामिलामा अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेलविरुद्ध आफ्नो उम्मेदवारी भएको उनले बताएका छन् ।

‘जनताले पटक-पटक दलका नेतालाई निर्वाचनमा जिताएर पठाएका छन् । तर, ती नेताहरु आफ्नो मतदाता र भुगोलको भावनापविरित गतिविधिमा मात्रै लिप्त भएको देखियो’, उनले भने, ‘यो भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा किन स्वतन्त्र उम्मेदवाररुले चर्चा पाए ? कति ठाउँमा त जितेर राम्रो काम पनि गरिरहेका छन् । त्यसकारण अव देशमा भइरहेको राजनीतिक दलका विकृतिविरुद्ध हामी जस्ताको उम्मेदवारी हो ।’

को हुन् विजय ? – खोटाङको निर्मली डाँडा—३ मा जन्मिएका विजय भुतपूर्व खेलाडी हुन् । हाल ३६ बर्षका विजयले जिल्ला, क्षेत्रीय हुँदै अञ्चलस्तरीय भलिबल प्रतियोगिता समेत खेलेका छन् । थुप्रै प्रतियोगितामा सहभागी उनले विभिन्न पुरुस्कारहरु पनि हात पारेका छन् । अध्यान सँगसँगै भलिबल खेलाडीका रुपमा कहलिएका उनी अन्ततः २०६६ सालमा वैदेशिक रोजगारीका लागि विदेशिने निधो गरे ।

नेपालमा राजनीतिक विकृतिका कारण भलिबल खेल क्षेत्रमा भविष्य असुरक्षित महशुष गरेका उनले विदेशिनु बाध्य बनेको बताउँछन् । भिजिट भिसामा सिंगापुर पुगेर उनले देश कसरी बन्ने रहेछ भन्ने प्रत्यक्ष देखे । वैदेशिक रोजगारीका सिलसिलामा सिँगापुर मात्रै होईन मलेसिया, दुबईमा पनि केहि समय उनले काम गरे । ती देशहरुमा कार्यरत हुँदा उनले नेपालीहरुले भोग्नु परेको पीँडा र त्यस देशले विकासमा फड्को मारेको प्रत्यक्ष देखे, भोगे । त्यसपछि उनी नेपाल फर्किए ।

राजनीतिप्रति दुर्घन्ध महशुष भोगेका विजयले अन्ततः नेपालमा फर्किएपछि मिडिया क्षेत्र रोजे । मिडिया मार्फत देशमा भएको नराम्रा प्रवृत्तिलाई जनतासँग जोडेर केहि सकारात्मक कार्य गर्न सकिन्छ भन्ने उदेश्यले उनले विभिन्न नाम चलेका मिडियाहरुमा काम गरे । हाल भने उनी आफैले अनलाईन मिडिया सञ्चालन गर्दै आएका छन् । उनले ‘स्काई नेपाल न्युज’ अनलाईन सञ्चालन गर्दै आएका छन्।

विजयले आफ्नो उम्मेदवारी घोषणा गर्दै राजनीतिक दलहरुले जनताप्रति देखाएको गलत प्रवृत्तिले आफुले जनताले मत दिने विश्वास व्यक्त पनि गरे । विजयले आफुनो मुख्य योजना सुनाउँदै भने, ‘अहिलेसम्म प्रधानमन्त्री, मन्त्री तथा सांसदहरुको सम्पत्ति छानविन गर्नु पर्ने माग उठे पनि यसको कार्यन्वयन राम्ररी हुन सकेको छैन ।’ त्यसैले मन्त्री तथा सांसदहरुको सम्पत्ति छानविन गर्नुपर्ने र अचल सम्पत्ति भेटिएमा राष्ट्रियकरण गर्ने व्यवस्थ गर्नु पर्ने र त्यस्ता अचल सम्पत्तिबाट गरिब निमुखा सुकुम्बासीलाई भत्तास्वरुप वितरण गर्नुपर्ने जस्तो योजनाहरु पनि सुनाए ।

देशमा व्यवस्था परिवर्तन भएपनि जनता र देशको अवस्था भने उस्तै छ । राजनीतिक दलका दलालहरुले आफ्ना आसेपासेलाई मात्रै पोस्ने जस्ता कमिशनको खेलले गर्दा देशले भने जस्तो विकास र जनताले निकास पाउन नसकेको उनको तर्क छ । सुनसरी क्षेत्र नं. १ धरानबाट आफुलाई जनताले जितएमा विभिन्न खाले विकासका परियोजनाहरु प्राथमिकतामा पार्ने उनले दावी गरेका छन् । उनले धरानको हरियाली बनलाई चिडियाँ खाना र निकुञ्ज बनाउने, धरानलाई नेपालकै व्यापारिक व्यवसायिक तथा पर्यटन क्षेत्र बनाउने जस्ता योजना पनि सुनाए । स्काई  नेपाल न्युज बाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved