काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ ।
आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ ।
काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार ललितपुर महानगरबाट पनि दमकल बोलाइएको बताए ।
उनका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।
