खाेटाङ। सुचनाकाे हक सम्बन्धि ऐन २०६४ र ऐनको नियमावलि २०६५ अनुसार हलेसी तुवाचुङ नगरपालिका ७ निवासि तथा हलेसीपाटी अनलाइन मिडियाका अध्यक्ष /पत्रकार मनाेज गिरीले १५ दिन अघि नगरपालिका को कार्यालयका सुचना अधिकारीलाई निवेदन सहित सुचना माग गरेका थिए।
सुचनाको हक सम्बन्धि ऐन २०६४ अनुसार सुचना अधिकारीलाई निबेदन सहित सुचना माग गरिएकाे समय अवधिमा १५ दिन भित्र पनि सुचना नपाएकाे अवस्थामा सुचना अधिकारीलाई कार्वाहि सहित सुचना उपलब्ध गराइ पाउँ भन्ने ब्यहोराको उजुरी कार्यालय प्रमुखलाई दिएपछि ७ दिन भित्र कार्यालय ले सुचना उपलब्ध गराउने प्रावधान छ भने कार्यालय प्रमुखबाट समेत ७ दिनमा उपलब्ध नभएकाे खण्डमा सुचना अधिकारी र कार्यालय प्रमुख विरुद्ध राष्ट्रिय सुचना आयाेगमा पुनरावेदन गर्न सकिने प्रावधान छ।
निवेदक गिरीले नगरपालिकाकै दुर्छिम स्थित स्वास्थ्य चाैकिकाे बिल भरपाई तथा लागत रकम सम्बन्धमा सुचना माग गरेकाे देखिन्छ तर ,सुचना अधिकारीले सुचना दिन नमानेका कारण आज कार्यालय प्रमुख समक्ष निबेदन सहित पेस गरेर सुचना माग गरेका छन् भने ७ दिनमा यहाँ बाट पनि आफुले माग गरेका सुचना नपाएकाे खण्डमा राष्ट्रिय सुचना आयाेगमा पुनरावेदन गर्ने बताएका छन्।
याे एउटा उदाहरण मात्र हाे, उता दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकामा पनि उहीँ तरिका देखिएकाे छ।
गत बैशाष २१ मा आलेप तथा सुचना अधिकारी माेहन भट्टराई लाई सम्बाेधन सहित केही शिर्षकमा सुचना माग गर्न जाँदा आफू आलेप रहेकाे र मुख्य सुचना अधिकारी कार्यालय प्रमुख रहने प्रावधान रहेकाेले सिधै प्रमुख प्रशासकीय अधिकृतलाई सम्बाेधन सहित सुचना माग्दा हुने बताए।
साेहि बमाेजिम प्रमुख प्रशासकीय अधिकृत बिदामा रहेकाे कारण उनै प्रमुख प्रशासकीय अधिकृतकाे सम्बाेधनमा सुचना अधिकारी तथा आलेप भट्टराई मार्फत निबेदन पेस गरिएकाे भएतापनी सुचना दिनुको साटो सुचना माग गरिएको निवेदन समेत गायब पार्ने काम भएको छ ।
