काठमाडाैँ। विभिन्न राजनितिक दलका नेताहरुसँग आफ्नाे राम्राे सम्बन्ध रहेकाे समेत जनाउँदै विभिन्न व्यवसायीहरुलाई भुक्तानि नदिने साथै भुक्तानिकालागि बैँकाे चेकहरु बाँड्ने धनगढीका एक व्यवसायीले अन्य विभिन्न कम्पनिहरुकाे भुक्तानि नगरेकाे पाईएकाे छ।
धनगढीमा Everest Digital नामक सप्लायर्स कम्पनि संचालक समेत रहेका जगत कुँबरले चेक मार्फत भुक्तानि दिने भनी दिएकाे चेकमा रकम नभएपछि बैँकले पटक पटक पत्रसमेत काटेर उक्त Everest Digital नामक कम्पनिलाई कालाे सुचिमा समेत राखिसकेकाे भुक्तानि लिन बाँकि एक कम्पनिका मालिकले बताए।
आज दिन्छु, भाेलि दिन्छु भन्ने तर निज जगत आफैले ताेकाे म्यादकाे दिन भने सम्पर्क बिहिन भएर बेपत्ता हुने गरेकाे पिडितहरु बताउँछन्। पटक पटक बैँकले पत्रकाटणदा समेत बैँकलाईनै अटेरि गर्ने जगत पक्कै कुनै ठुलै राजनितिक दल र त्यस्ता दलका राम्रै नेताकाे आडमा रहेर ब्यापारी तथा बैँकहरुलाई ठगि त गरिरहेका छैनन्? भनेर विभिन्न संचार माध्यमहरुले समेत बुझ्नकालागि पटक पटक फाेन सम्पर्क गर्दा समेत फाेन नउठाउने जगतकाे रहेछ।
कति कम्पनिहरुकाे भुक्तानिनै नगरेकाे गुनासाे छ भने केही कम्पनिकाे भने पटक पटक गरेर केही रकम भुक्तानि गरिएता पनि बाँकि भुक्तानिकालागि हैरानि गरेकाे समेत जगतमाथि आराेप छ।
