Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लिभिङ स्टाेन काण्ड : कमजोरी ढाक्न सुचना दिन अस्विकार,शिक्षा सम्बद्ध कर्मचारमाथि शंका

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 12, 2022
294 shares

ललितपुर । ललितपुरकाे धाेबिघाटमा अवस्थि लिभिङ स्टोन एकेडेमीले सूचना दिन अटेरी गरेको छ । साे स्कुल निजि गुठी अन्तर्गत दर्ता भएको कोरियन ख्रीष्टियन मिशनरीहरुद्वारा संचालित हरेकाे छ।

राताेपाटी न्युज डट कम तथा सूचाना चाैतारी डट कमकाे निरन्तर फलाेअपकाे कारण लिभिङ स्टाेन एकेडेमिका विषयमा उठेका प्रश्नबारे जवाफ दिन मंगलबार सम्मको समय दिन स्कुलले आग्रह गरेकाे थियाे।

साेहि अनुुप आज प्राइम टेलिभिजनले उक्त सूचनाबारे जानकारी माग गर्दा स्कुल व्यवस्थापन समितिका अध्यक्ष समिता श्रेष्ठले सूचना दिन अस्वीकार गरेकाे हो ।

संविधानले प्रत्येक नागरिकतालाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्नपाउने र उपलभ्द गराउनु पर्ने व्यवस्था सुनिश्चित गरेको छ । तर उक्त लिभिङ स्टाेन एकेडेमि स्व्यवस्थापन समितिका अध्यक्ष समिता श्रेष्ठले स्कुलका विषयमा उठेका प्रश्नलाई क्यामेरामा जवाफ दिन भनेतापनि सूचना माग गर्न गएका पत्रकारहरुलाई उल्टै तपाईलाई सूचना किन दिने भन्दै धम्कीपूर्ण भाषामा सबै कुरा ललितपुरको महानगर शिक्षा महाशाखालाई थाहा छ भन्दै उतै सूचना लिनुस भन्दै पन्छिएकी छिन् । स्कुलका अध्यक्ष श्रेष्ठ आफै स्कुलका सहप्रधानाध्यापक, स्कुल व्यवस्थापन समितिका अध्यक्ष, निजि गुठीका अंशियार पनि हुन् ।

लिभिङलस्टाेन एकेडेमिले मनपरी विद्यार्थीसँग शुल्क लिएको विषय विभिन्न संचारमाध्यममा आएपछि शिक्षा मन्त्रालयबाट समेत याे बिषयमा चासाेकासाथ लिएकाे थियाे भने नगरपालिका शिक्षा साखाले ७ दिने लिखित स्पष्टिकरण मागिएकाे नगर पालिका शिक्षा साखा प्रमुख महेन्द्र बहादुर शाहि क्षेत्रिले बताएका थिए भने गत विहिवार प्राइम टेलिभिजनका सम्वाददाता दिपक अर्यालसहितको टोलीले स्कुलसँग ३ वर्षको लेखापरिक्षण प्रतिवेदन, विद्यार्थीसँग लिने शुल्कको सूची, स्कुलको जग्गा खरिद प्रक्रियाको कागज, स्कुलमा आउने दातृनिकायको सहयोगका लगायतका विषयमा जानकारी मागेको थियो ।

केही हप्ता मात्रै स्कुलमा अध्यापन गराउँदै आएको विज्ञान शिक्षकलाई स्कुलले बर्खात गरेसँगै कोरियन मिशनरीको दबदबा रहेको स्कुलका कर्तुतबारे एकपछि अर्को रहस्य खुल्दै जानेभएपछि स्कुलले सूचना दिन आनकानी गरेको स्रोतले बताएको छ । यता स्कुलका शिक्षक शिक्षिकाको नियुक्तिको प्रक्रियामाथि नै प्रश्न खडा भएको छ भने मासिक शुल्क पनि देस संघियतामा गएपछि नगर भित्रकाे कुनै पनि स्कुलले आफुखुसि ताेक्न नपाउने प्रावधान छ।

स्कुलको जग्गा खरिदबारे र स्कुलको संचालनमा आर्थिक पाटो पनि अपारदर्शी, बाह्य सहयोगको अपारदर्शीता, स्कुलका अभिभावकसँग शुल्क सम्बन्धी विना कुनै छलफल वा सार्वजनिक लेखापरिक्षण लगायतका विषयमा जवाफदेही बन्नुपर्ने स्कुलले पत्रकारले जानकारी माग गर्दा सूचना दिन स्कुलले आलटाल गरेसँगै स्कुलमा अपारदर्शीता भएको प्रष्ट हुन्छ । यस विषयमा ललितपुरको शिक्षा महाशाखा र शिक्षा मन्त्रालयले पनि गम्भिरतापुर्वत लिँदै स्कुलभित्र भएका अनियमितता र उठेका प्रश्नको जवाफ माग्न नसक्दा शिक्षा सम्बद्ध निकाय र सम्बद्ध कर्मचारि माथि नै आशंका पैदा भएको छ ।

राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओली थापाले संविधानअनुसार प्रत्येक नागरिकले मागेको सूचना पाउनुपर्ने बताए । उनले सम्बन्धीत स्कुल र पत्रकारले मागको जानकारीका विषयमा पुनरावेदन भएमा कारण खुलाउन लगाउने र दुवै पक्षको दाबी सुनेपछि फैसला हुने बताए ।                                                                                                                                                        याे पनि पढ्नाेस 👉️👉️

शिक्षा मन्त्रालयकाे चासो पछी नगरपालिका द्वारा लिभिङ स्टाेन एकेडिमि सँग लिखित स्पष्टिकरण माग

शिक्षा मन्त्रालयकाे चासो पछी नगरपालिका द्वारा लिभिङ स्टाेन एकेडेमि सँग लिखित स्पष्टिकरण माग

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved