Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

श्रीलंकामा राष्ट्रपति भवनभित्र प्रदर्शनकारीले त्यस्तो के गरे ? एक पत्रकारको बयान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 10, 2022
15 shares

काठमाडौं । श्रीलंकाले आफ्नो इतिहासको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ ।

तर शनिबार श्रीलंकामा जे भयो यो आउँदा दिनमा लामो समयसम्म सम्झना भइरहने छ । शनिबार जे भयो त्यसको पृष्ठभूमि महिनौंअघिदेखि तयार भइरहेको थियो, तर कसैलाई पनि यो कल्पना थिएन कि आक्रोशित श्रीलंकन नागरिकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको निजी निवास कब्जा गर्ने छन् ।

तर आक्रोशित श्रीलंकन नागरिकले राष्ट्रपति गोटाबाया राजापाक्षे र महिन्दा राजापाक्षेको निवासमा कब्जा जमाए । उनीहरुले प्रधानमन्त्रीको निजी आवासमा त आगो नै लगाइ दिए ।

कडा सुरक्षा घेरामा रहने राष्ट्रपति भवनलाई शनिबार दिउँसोदेखि नै प्रदर्शनकारीले घेरेका थिए । सुरुमा एक तमिल युवा राष्ट्रपति भवनको बन्द रहेको ढोका नाघेर भित्र छिर । त्यसपछि अरु प्रदर्शनकारी पनि गेट तोडेर भित्र छिर्न थाले ।

सुरक्षाकर्मीले रोक्ने प्रयास नगरेका होइनन् । तर उनीहरुले जति नै दमन गरे पनि स्थिति रोकिने थिएन । भीडलाई भित्र छिर्नबाट रोक्न असफल भएपछि सुरक्षाकर्मी बाहिरिए ।

सुरुमा राष्ट्रपति भवनमा छिरेका प्रदर्शनकारीले तोडफोड गर्न थालेका थिए । तर त्यहाँ आक्रोशित प्रदर्शनकारी मात्र थिएननन्, भिक्षु थिए, फरक फरक धर्मावलम्बी थिए, विद्यार्थी थिए ।

प्रदर्शनको नेतृत्व गरिरहेका धार्मिक समूहका नेता र अन्य वुद्धिजीबीले राष्ट्रपति भवनमा भएका सामान तोडफोड गर्नका लागि नभई आनन्द लिनका लागि भएको भन्दै त्यसकोे आनन्द लिन आग्रह गरे, आफ्नो रहर पूरा भएपछि प्रदर्शनकारीलाई बाहिर निस्किन र अरुलाई भित्र पठाउन अनुरोध गरे ।

उनीहरुले राष्ट्रपति भवनको हरेक सामान जनताको सम्पत्ति भएको भन्दै उनीहरुले तोडफोड गर्नेहरुलाई सम्झाइ बुझाइ गरे । त्यसपछि तोडफोड रोकियो । त्यसपछि राष्ट्रपति भवनमा पुगेका प्रदर्शनकारीहरु विशाल भवनमा उपलब्ध सुविधा केही मिनेटका लागि प्रयोग गरेर भए पनि आनन्द लिन लागे ।

कोही भान्सामा छिरे, भान्सामा एक दिन अघि नै तयार पारिएको खाना थियो, उनीहरुले त्यो खाए, केहीले मिक्सरमा जुस बनाएर पिए त कसैले बारमा गएर ह्विस्कीको चुस्की लिए । कोही पियानो बजाउँदै संगीतमा झुमे ।

कोही बैठक कोठाका आरामदायी सोफामा बसे । प्रदर्शनकारीले राष्ट्रपति भवनमा हुने बैठकको नक्कल गरे । कोही राष्ट्रपतिको बेडरुममा पुगे, विस्तारामा सुते, सेल्फी लिए, भिडियो बनाए । एक प्रदर्शनकारीले राष्ट्रपतिको विस्तारमा सुतेर बनाएको भिडियोमा भने, ‘राष्ट्रपति ज्यू धन्यवाद, म अहिले तपाईँको विस्तारमा सुतरिहेको छु । यो एकदम आरामदायी छ ।’

कसैले राष्ट्रपति भवनमा रहेको पौडी पोखरीमा पौडीको आनन्द लिए । राष्ट्रपति र उनको परिवारका सदस्यले प्रयोग गर्ने पोखरीमाा प्रदर्शनकारीहरुले पौडी खेलिरहेको भिडियो विश्वभर भाइरल भएको छ ।

केही प्रदर्शनकारीले राष्ट्रपति र उनका परिवारले प्रयोग गर्ने शौचालय प्रयोग गरे, बिशाल र भव्य शौचालय र त्यहाँ एसीको सुविधा देखेर उनीहरु हैरान भए । केही प्रदर्शनकारी राष्ट्रपतिले प्रयोग गर्ने सामान राख्ने कोठामा पसे, दराज खोले । दराजमा रहेका पोशाक लगाएर तस्वीर खिचे ।

राष्ट्रपति भवनको एउटा ठूलो कोठामा व्यायामशाला छ । प्रदर्शनकारी व्यायामशालामा रहेका उपकरण प्रयोग गरेर पसिना बगाउन पनि पछि परेनन् । उनीहरु मध्ये केहीले राष्ट्रपति भवनमा नै रात बिताएका छन् । आइतबार बिहान पनि प्रदर्शनकारीहरु राष्ट्रपति भवनका कोठा कोठामा घुमिरहेको देखिन्थे ।बीबीसी

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved