Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पटिहानीमा १ अर्बको रिसोर्ट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 10, 2022
0 shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२२, पटिहानीमा निर्माण सम्पन्न भएको रिभरसाइड रोयल गार्डेन रिसोर्टलाई सोल्टी होटलले व्यवस्थापन गर्ने भएको छ ।

आइतबार रिसोर्ट सञ्चालक र सोल्टी होटलबीच व्यवस्थापन सम्झौता भएको छ । सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईं र रिसोर्टका अध्यक्ष कल्याण जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यससँगै यो रिसोर्ट अब ‘सोल्टी वेस्टेन्ड रिसोर्ट चितवन’का नामबाट सञ्चालन हुने भएको छ । अहिले सोल्टी होटलले सात वटै प्रदेशमा आफ्नो सेवा विस्तार गरिरहेको छ । सोही क्रममा सोल्टीले व्यवस्थापनका माध्यमबाट चितवनमा सेवा थालेको हो । उपत्यकाबाहिर सोल्टीको नेपालगञ्जमा आफ्नै पाँचतारे होटल विस्तार भइसकेको छ ।

१ अर्ब लगानी

रिसोर्टका एक सञ्चालक युवराज श्रेष्ठका अनुसार रिसोर्ट निर्माणमा १ अर्ब रुपैयाँ लगानी भइसकेको छ । ४० वटा कोठा र १२ भिल्लासहितको यो रिसोर्ट कुल ५ बिगाहा क्षेत्रफलमा फैलिएको छ ।

चितवनमा लक्जरी रिसोर्टको आवश्यकता यस रिसोर्टले गर्ने उनले बताए । स्वीमिङ पुलसहित आतिथ्य सेवाका सम्पूर्ण सुविधा दिने गरी रिसोर्ट बनेको उनको भनाइ छ । यसमा सोल्टी होटलको व्यवस्थापनले रिसोर्टको सेवालाई अझ उत्कृष्ट बनाउने उनले बताए । रिसोर्टमा युवराज श्रेष्ठ, विजय मल्ल, रमेश पिया, ऋषि न्यौपाने, महेन्द्रलाल प्रधान र चुँडामणि खनालको लगानी रहेको छ ।

सफ्ट ओपनिङ ३० साउनदेखि

रिसोर्ट ३० साउन ९१५ अगष्ट २०२२०मा सफ्ट ओपनिङ गर्ने तयारी रहेको श्रेष्ठले जानकारी दिए । खासगरी आगामी पर्यटकीय सिजनलाई लक्षित गरी रिसोर्टले सेवा थाल्ने तयारी गरेको हो । रिसोर्ट निर्माणको काम सन् २०१७ बाट सुरु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved