काठमाडौं । प्रेमको नाटक गरेर विवाहित पुरुषसँग २५ लाख रुपैयाँ ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गैडाकोट नगरपालिका वडा नम्बर ११ की २६ बर्षीया सम्भावी पौडेल रहेकी छिन ।
झण्डै एक वर्ष अगाडिदेखि पीडित पुरुषले दिएको उजुरीको आधारमा पाँच दिन अगाडि चितवन प्रहरीले पक्राउ गरेको हो ।
चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार फेसबुक आईडीबाट चिनजान गरी प्रेम सम्बन्ध बढाएसँगै भरतपुरका एक पुरुषबाट उनले २६ लाख ४५ हजार ७०० रूपैया लिएकी थिइन् ।
