Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोरोना कहरकै विचपनि खोटाङ्गको ऐसेलुखर्क गाउँपालिकाद्वारा एम्बुलेन्स खरिद

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 27, 2021
39 shares

उमेश भुजेल-जेठ १३,खोटाङ्ग। खोटाङ्गको ऐसेलुखर्क गाउँपालिकाले कोरोना कहरकै बिच पनि एम्बुलेन्स खरिद गरेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा एउटा मात्र एम्बुलेन्स हुँदा बिरामीलाई स्वास्थ्य संस्थामा पुर्याउन समस्या भएपछि गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको हो । करिब दश लाख बराबरको लागतमा एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका उपाध्यक्ष पुस्पाकला भुजेलले बताइन।

 

सात वडा रहेको गाउँपालिकामा खोटाङ्ग सेवा समाजले हस्तान्त्ररण गरेको एउटा एम्बुलेन्स सञ्चालनमा रहेको भए पनि भनेको समयमा नचल्ने भएकाले यसको अन्य विकल्पमा गाउँपालिकामा यम्बुलेनस नरहेको उपाअध्यक्ष भुजेले बताइन ‘यसलाइ र कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै खरिद गरेको उनको भनाइ छ । खरिद गरिएको एम्बुलेन्स काठमाडौमा रहेको र अवको केही दिन पश्चात गाउँपालिका ल्याइने र गाउँपालिकाको मातहतमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

 

चालक राख्नका लागि जेष्ठ १६ गतेसम्मको सूचना प्रकाशन गरेको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए उनले भने ‘सक्षम र इमान्दार चालक छनोट गर्ने हाम्रो योजना छ ।’ गाउँपालिकाभित्रका कोरोनाका विरामी र प्रसुतीका विरामीहरुलाई सत प्रतिशत छुट दिइने र अन्य किसीमका विरामीलाई पक्कि बाटोमा प्रति किलोमिटर ४० रुपौँया र कच्चिबाटोमा प्रति किलो मिटर ६० रुपौंयाका गाउँकार्यपालिकाको बैठकले निर्धारणन गरेको अध्यक्ष निरौलाको भनाइ छ ।

 

आर्थिक वर्ष ०७६/०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्थानीय तहमा एम्बुलेन्स सेवालाई अनिवार्य बनाएको छ । मन्त्रालयको निर्देशन अनुसार हरेक स्थानीय तहमा एम्बुलेन्स सेवा अनिवार्य हुनु पर्दछ । मन्त्रालयको एम्बुलेन्स शाखाका अनुसार महानगरपालिका र उपमहानगरपालिकामा ४/४ वटा, नगरपालिकामा ३ र गाउँपालिकामा २ वटा एम्बुलेन्स अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ । तर खोटाङ्गका यस नियम अनुसार कुनै पनि स्थानीय तहमा एम्बुलेनस नरहेको पाइएको छ ।

 

जिल्लामा एक दर्जन एम्बूलेन्समध्ये ८ वटा एम्बूलेन्स मात्र चालु अवस्थामा रहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र २ वटा र २०७३ सालमा खोटाङ सेवा समाज यूकेले ऐसेलुखर्क, दिप्रङ्गचुईचुम्मा, खोटेहाङ, केपिलासगढी, जन्तेढुंगा गाउँपालिकामा १/१ वटा एम्बुलेन्स चालु अवस्थामा रहेको जिल्ल स्वास्थ्य कार्यालय खोटाङ्गका जनस्वाथ्य अधिकृत आनन्द लामीछानेले बताए । यस्तै जिल्लको रावाबेसी गाउँपालिका भने हौचुरका स्वदेश तथा बिदेशमा रहेका युवा र रावाबेँसी गाउँपालिकाको संयुक्त लगानीमा खरिद गरिएको १ वटा एम्बूलेन्स चालु अवस्थामा रहेको स्वास्थ्य कार्यालय खोटाङ्गले जनाएको । अन्य एम्बुलेन्स भने जिल्लामा हालु अवस्थामा नरहेको पाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved