खोटाङ। खोटाङमा रावाबेंशीका निर्वाचित दलित महिला वडा सदस्य मृत भेटिएका छन्। गत बैशाष ३०मा सम्पन्न स्थानिय तह निर्वाचनबाट रावाबेंशी गाउँपालिका–३ लामिडाँडाका निर्वाचित वडा सदस्य ३४ वर्षीया मेनुजा विश्वकर्मा घरैमा मृत भेटिएका हुन्।
बुधबार राती आफ्नै सुत्ने कोठामा बहिनीसँग सुतेकी विश्वकर्मा बिहीबार बिहानीपख झुण्डिएको अवस्थामा मृत भेटिएको लामिडाँडाका वडाध्यक्ष विरेन्द्र मगरलाई उदृत गर्दै पालिका अध्यक्ष फटिककुमार श्रेष्ठले फाेन मार्फत बताए। बिहान बहिनी उठ्दा दिदी झुण्डिएको अवस्थामा भेटिएको थियो।
विश्वकर्मा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य हुन्। उनी रावाबेंशी गाउँपालिकाको कार्यपालिका सदस्य पनि रहेकि थिईन भने मृतककाे शब पाेस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको श्राेतले जनाएकाे छ। साङ्केतिक तस्विर।