Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

युवाको बुझाईमा संस्कृति–२०२२ सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 5, 2022
30 shares

कठमाडौ। दया फाउन्डेसन, साउथवेस्टर्न स्टेट कलेज र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ द्वारा संयुक्तरुपमा आयोजित राष्ट्रव्यापी ‘युवाको बुझाईमा संस्कृति–२०२२ (कल्चर थ्रु द आइज अफ युथ–२०२२) वक्तृत्व प्रतियोगिता २०७९ को विजयी प्रतियोगीहरुको घोषणा काठमाडौंको टोखा–७ बसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेजको हलमा आयोजित एक कार्यक्रमबाट गरियो ।

त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत प्रतिशा जोशी प्रथम, बुढानीलकण्ठ स्कूलमा अध्ययनरत दीक्षा उपाध्याय द्वितीय र सिड्स् फाइनान्सियलस् एकेडेमीमा अध्ययनरत प्रेरणा थापा तृतीय भएका छन् । प्रतियोगितामा ग्रेसी न्यौपाने (नाइटिंगेल इन्टरनेशनल एकेडेमी) र सहारा सुबदी (साउथवेस्टर्न स्टेट कलेज)ले सान्त्वना स्थान हासिल गरेका छन् । साथै प्रतियोगितामा विशेष पुरस्कार अश्विन अधिकारी (साउथवेस्टर्न स्टेट कलेज) र बमबहादर विश्वकर्मा (श्री त्रिनगर मा. वि., धनगढी, कैलाली)ले हासिल गरेका छन् । तीन चरणमा आयोजित सो प्रतियोगितामा मुलुकभरका ४६ विद्यालयका ९४ विद्यार्थीको सहभागिता रहेको थियो । युवाहरूलाई नेपाली संस्कृतिप्रति आकर्षक गर्न सो कार्यक्रम गरिएको हो ।


२०७९ वैशाख ७ गतेबाट सुरु भएको प्रतियोगिता पहिलो र दोस्रो चरण जुम मिटिङ्बाट भएको थियो भने अन्तिम प्रतियोगिता सहभागीबीच भौतिक उपस्थितिमा भएको थियो ।

उक्त कार्यक्रममा नेपालका लागि अस्टे«लिया र इजिप्टका राजदूत क्रमशः फेलिसिटी भोल्क, नोहा एच एल्गेबाली, डा. पल्वसा हैदर, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२का डिजिई राजेन्द्र धोजू, डिजिएन राजेन्द्र मान शेरचन, दया फाउन्डेसनका अध्यक्ष राजेश बहादूर प्रधान, साउथवेस्टर्न स्टेट कलेजका प्रमुख तथा व्यवस्थापन विज्ञ डा. राजेन्द्र केसी, प्रा.डा. श्रीधर गौतम, प्रा.डा. सविना भट्टराई, सम्झना खरेल, केशव सिग्देल, हरिकृष्ण लामिछाने, रमा कडेल, दिनेश मानन्धर, त्रिभुवनचन्द्र वाग्ले, अनु श्रेष्ठ, बदनलाल न्याँछ्यो, बादल प्रधान, कपिलदेव रेग्मी लगायत प्रतियोगी तथा विद्यार्थीहरुको बाक्लो उपस्थित थियो ।

कार्यक्रमका वक्ताहरूलाई विभिन्न समूहमा विभाजन गरी समूहगत मूल्याङ्कन गरिएको थियो । समूहगत मूल्याङ्कन समितिमा नेपालका लागि अस्टे«लिया र इजिप्टका राजदूत क्रमशः फेलिसिटी भोल्क, नोहा एच एल्गेबाली, प्रा.डा. श्रीधर गौतम, प्रा.डा. सविना भट्टराई, सम्झना खरेल, डा. पल्वसा हैदर, केशव सिग्देल, हरिकृष्ण लामिछाने, रमा कडेल, दिनेश मानन्धर, त्रिभुवनचन्द्र वाग्ले, अनु श्रेष्ठ, बदनलाल न्याँछ्यो, बादल प्रधान र कपिलदेव रेग्मी रहनु भएको थियो ।
यस्ता रचनात्मक कार्यक्रमलाई क्याम्पसले निरन्तरता दिने प्रतिवद्धता साउथवेस्टर्न स्टेट कलेजका प्रमुख तथा व्यवस्थापन विज्ञ डा. राजेन्द्र केसीले भन्नुभयो ।

नेपालका लागि अस्त्रेलियाका राजदूत फेलिसिटी भोल्कले आफू नेपाल आउँदा नेपाली संस्कृति र नेपाली जनतामा रहेको सहिष्णुता देखेर प्रभावित हुने गरेको अनुभव सुनाउनुभयो । यूनेस्कोका नेपालका लागी प्रतिनिधि माईकल क्रफ्टले नेपाल संस्कृतिक हिसाबले सम्वृद्ध राष्ट्र रहेको र यूवाहरुले यसको महत्व वुझेमा यसले पर्यटन मार्फत देशलाई नै सम्वृद्धिको पथमा डो¥याउने कुरा वताउनु भयो ।
नेपालजस्तो विविध संस्कृतिले सम्पन्न देशका युवाले देश प्रेमका लागि संस्कृतिको संवद्र्धनमा जुट्नु पर्ने विचार दया फाउन्डेसनका अध्यक्ष राजेश बहादूर प्रधानले व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रमले नेपाली यूवामा आफ्नो मौलिक संस्कृति प्रति आकर्षण बढ्ने कुरामा कार्यक्रमका संयोजक सरिता शाक्य प्रधानले विश्वास व्यक्त गर्नुभयो । नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका मौलिक संस्कृतिप्रति विद्यार्थीको बुझाइ विस्तार गर्न र संस्कृतिप्रति सकारात्मक सन्देश दिन कार्यक्रम सफल रहेको र कार्यक्रमले विद्यार्थीको बोध तथा अभिव्यक्ति क्षमताको विकासमा टेवा पु¥याउनुको साथै संस्कृति विचलन रोक्न सहायक हुने कुरा कार्यक्रमका संयोजक निभा माथेमा प्रधानले वताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved