काठमाडौं । केही दिन अघि भिमाद नगरपालिकाका एक ख्रीष्टियन धर्मगुरुले स्थानिय किसानहरुलाई सहयाेगकाे लागि भनेर बाेयर खसी बाख्रा बितरण गर्दा ढुवानि बापतकाे रकम लिएकाे बिषयलाई चर्चित पत्रकार अपिल त्रिपाठिले एउटा श्रब्य दृष्यमार्फत प्रस्तुत गरेकाे सामग्री माथि विभिन्न ख्रीष्टियन संस्थाहरुले विज्ञप्ति मार्फत भर्त्सना र उक्त त्रिपाठिमाथि कार्वाहिकाे माग गरेका छन्।
विज्ञप्ति निकाल्नेहरुमा ख्रीष्टियन मिडिया साेसाईटि, नेपाल ख्रीष्टियन पत्रकार संघ , राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल तथा तनहुँ ख्रीष्टियन समाज छन् । यसैगरि ब्यक्तिगत रुपमै अपिल त्रिपाठी तथा सन्त बहादुर थापाकाे बिषयमा मुक्ति मण्डलिका पास्टर तथा ख्रीष्टियन पत्रकार संघका केन्द्रीय अध्यक्ष गिदाेन लामिछाने ” तारा ” ले समेत जिज्ञासा र चासाे देखिएका छन्।
अध्यक्ष तारा लेख्छन् :
अपिल त्रिपाठी र पाष्टर शान्त थापाका सम्बन्धमा ।
इसाई समुदायका प्रायः सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको स्टाटस हेर्दा गण्डकी छड्केका पत्रकार अपिल त्रिपाठीले बाख्राको प्रलोभनमा धर्म प्रचार गरेको भनि पाष्टर शान्त थापालाई जबर्जस्त सोधेको प्रश्नले निकै दुःखी बनाएको पाइयो ।
बजार मुल्यमा ३५ सय पर्ने बाख्रा फर्म भरेपछि १५ सयमा पाइने भनि किसानहरुबाट पैसा जम्मा गर्नु पाष्टर शान्त थापाको कमजोरी हो, किनभने टेलिफोनमा कसैले विश्वासी हु“ तपाईले पैसा जम्मा गर्नुहोस् भन्दैमा भटाभट अविश्वासी होस् वा विश्वासीजन जोसुकैसंग पनि त्यसरी रकम उठाउनु हु“दैन थियो । यस अर्थमा पाष्टर शान्त थापाको कमजोरी वा गल्ती हो । थापाको गल्ती पुरै इसाई समुदायको गल्ती हो जसरी अपिल त्रिपाठीले धर्म परिवर्तनकै लागि लोभलालचा देखाएको भनि जबर्जस्त प्रमाणित गर्न खोज्नु महागल्ती हो ।
पत्रकारले धार्मिक, जातीय वा क्षेत्रीय कुरालाई दोषारोपण गरेर समाजमा खलबलाउने, हिंसा भड्काउने गतिविधि गर्नु हु“दैन । शान्त थापा एक जना व्यक्तिको गल्तीको सजायको भागिदार आम नेपाली इसाई समुदायलाई भोगाउन प्रयत्न गर्नु चाहिं अपिलको मूर्खता हो । मलाई विश्वास छ, अबदेखि अपिल मात्र होइन जोसुकै पत्रकार, सामाजिक अभियान्ता वा कुनै व्यक्ति विशेषबाट सिंगो समुदायलाई उत्तेजित पार्ने र भड्काउने प्रकारका गतिविधि सञ्चालन गर्नुहु“दैन । यसअघि ज्ञानेन्द्र शाही, रवि लामिछाने, अभिषेक जोशी, सागर थापा, धुर्ब लुइटेल लगायतका व्यक्तिहरुको उदाहरण हेर्दा भइहाल्छ ।
त्यसैले व्यक्ति विशेषले गरेका कमीकमजोरीलाई सबैभन्दा पहिला सुधार गर्न सुझाव दिने, सुझावलाई अटेर गरे चेतावनी दिने र पनि नटेरेमा अन्य विकल्प गर्ने हो । तर, सोझा सिधा व्यक्तिहरुका कमिकजोरी खोजेर तिललाई पहाड बनाउनु भनेको कुइनाले पहाड भत्काउछु भनेर निहुँ खोज्ने मुर्खताबाहेक अन्य हुन सक्दैन ।
मेरो दृष्टिमा अपिललाई हामीले क्षमा दिन्छौं, बदला लिनेछैनौं तर इसाई समुदायस“ग आमरुपमा माफी नमागेमा उनीमाथि दण्डआइपर्नेछ किनकी इसाईहरु भनेको समस्त स्वर्ग र पृथ्वीका प्रभु महान इश्वरप्रति आस्था, विश्वास र भरोषा गर्ने जातिहरु हौं । अपिलको यो रिपोर्ट (समाचार)ले आम इसाई समुदायको मन दुखेको छ । उनका अन्य धेरै रिपोर्टहरु जो वास्तविकतामा आधारित खोजमुलक थिए हामीले उनलाई सपोर्ट र समर्थन गर्दै आएका थियौं । अब शान्त थापाले संकलन गरेको किसानको सबै रकम दोब्बर बनाएर माफि मागी तुरुन्त फिर्ता गर्नुपर्छ ।
अपिलले उक्त समाचारले आम इसाई समुदायप्रति चित्त दुखेको र बद्नाम हुने देखिएकोले उक्त टेलिभिजनबाटै आम माफी माग्नुपर्दछ अनि इसाई समुदायका तमाम् दाजुभाई दिदीबहिनीहरुले पनि संस्थागत रुपमा यस्ता सामाजिक सरोकारका विषयमा एउटै धारणा बनाएर सम्बन्धित पक्षस“ग प्रत्यक्ष सम्पर्क गरी समस्याको समाधानका लागि जुट्नु पर्दछ । त्यसका लागि जिम्मेवार व्यक्तिहरुले जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्नु पर्दछ ।
यस घटनाले सिंगो इसाई समुदायलाई पुनः एकपटक झस्क्याएको छ, संगठित हुने, सचेत बन्ने र मुलुकको नियम कानून के छ भन्नेतर्फ ध्यानाकर्षित गर्दै समाजसेवा गर्दा के कस्ता नियमहरु पालना गर्नुपर्छ भन्ने कुरामा सबैलाई सचेत गराएको छ । महान् परमेश्वरलाई धन्यवाद । परमेश्वरले सबैलाई प्रेम, दया र भलाई गर्नुहुन्छ । आमेन ।



