काठमाडौं । रामेछापबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन् ।
दुर्घटनामा ५ जना पुरुष र ४ जना महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।
रामेछापको सुनापति गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते २४ जनालाई धुलीखेल पठाइएको प्रहरी नायब उपरीक्षक राजकुमार तामाङ जानकारी दिए।
अहिले उद्धार कार्य जारी रहेको उनले बताए ।
