काठमाडौं ।नेपाल ख्रीष्टियन पत्रकार संघ झापा जिल्ला समितिले प्रेस बिज्ञाप्ती जारी गरेको छ। उक्त प्रेस बिज्ञाप्तीमा अपिल त्रिपाठीले माफी माग्नुपर्ने उल्लेख गरिएको छ । सम्बन्धित निकायले उनी बिरुद्ध कामकारबाही गर्नु पर्ने समेत बिज्ञाप्तीमा उल्लेख गरेका छन्।
झापा जिल्ला अध्यक्ष अविन मेयाङ्गवोले हस्ताक्षर गरेका प्रेस बिज्ञाप्तीमा भनेकाछन् यस्ता त्रिपाठी जस्तो धार्मिक आतंककारीहरुलाइ कडा भन्दा कडा कारबाही हुनुपर्ने बताएकाछन् । उनले थप्दै भने संबिधानले नै धर्म निरिपेक्ष भनेर उल्लेख गरेको छ यो कुरामा किन विवाद गर्नुपर्ने ? समाचार एवं बिचारको प्रकाशन प्रसारणमा पत्रकारहरुले सत्य र नयायको पक्षमा इमान्दार तथा निष्पक्ष भई प्रस्तुत हुनुपर्दछ ।
नेपाल बहुभाषिक,बहुधार्मिक र बहुजातिय नेपाली जनताको साझा फूलबारी भएकाले पत्रकारहरुले प्रत्यष वा परोष यस मान्यताको प्रतिकूल हुने समाचार प्रकाशन तथा प्रसारण गर्नुहुदैन ।
मिति २०७९ असाढ १७ गते पत्रकार अपिल त्रिपाठीले टेलिभिजन कार्यक्रम “गण्डकी छड्के” मार्फत तनहुँ जिल्ला भिमाद नगरपालिका वडा नम्बर ६ मा “किसानलाई बाख्रा बितरण गरी धर्म परिवर्तन गराउने डर लाग्दो योजना” भन्दै गरेको टेलिभिजन भिडियो समाग्रीमा नेपाल ख्रीष्टियन पत्रकार संघ जिल्ला समिती झापाको गम्भीर ध्यानाकर्षण भएको र सो क्रियाकलाप प्रति दुःख व्यक्त गर्दै पत्रकार अपिल त्रिपाठीको उक्त कार्यप्रति खेद प्रकट गर्दछ ।
व्यक्ति र संस्थाले गर्ने कार्यको निगरानी र जवाफदेहीता प्रचलित कानुन अनुसार गर्नु नै पर्दछ तर ति कार्यहरूकै आधारमा विशुद्ध धार्मिक आस्थामाथि अनर्गल प्रचार र भ्रम पैदागरि धार्मिक आस्थामाथि नै प्रहार गर्नु निन्दनीय विषय हो । त्यस घटनाप्रति विभिन्न कोणबाट जाँचबुझ गर्दा र भिमाद नगरपालिका–६ तनहुँका भिमाद सु–समाचार मण्डलीका पास्टर शान्त थापासँग घटनाको बारेमा थप जानकारी लिँदा धर्म प्रचार गरिएको भन्ने अपिल त्रिपाठीको आरोप झुटा र कपोलकल्पित रहेको हाम्रो ठहर छ ।
साथै, स्थानीय प्रशासन, नगरपालिका, वडा र सम्बन्धित ब्यक्तिहरूबीच आवश्यक छलफल भई एक प्रकारको सहमति भईसकेको जानकारी प्राप्त भएको छ । यो घटनासँगै सामाजिक संजालमा देखिएका विभिन्न प्रकारका ख्रीष्टियन आस्थालाई आघात हुनेगरी पक्ष विपक्षमा गरिएको विवादास्पद अभिव्यक्ति र भनाइहरूले अझ यस घटनालाई नकारात्मक दिशातिर केन्द्रित हुने खतरा प्रति चिन्ता व्यक्त गर्दै अव यस बिषयमा थप टिकाटिप्पणी नगर्नु हुन र धार्मिक आस्थालाई बिथोल्ने कुनै पनि कृया प्रतिकृया नगर्नु हुन नेपाल ख्रीष्टियन पत्रकार संघ जिल्ला समिती झापा सम्पूर्ण इसाई धार्मिक आस्था राख्ने समुदायहरूमा हार्दिक अपिल गर्दछ ।
उक्त ब्यक्तिलाई आवश्यक कामकारबाहीको जोड तोडले माग राख्द छौं।
