काठमाडौं । बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण बाढी आएको छ ।
बाढीका कारण १०० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।
यहाँका अधिकारीहरूको अनुसार ६४ ओटा जिल्ला बाढीका कारण प्रभावित भएका छन् । ती जिल्लामा गरी १०२ जनाको ज्यान गएको छ ।
गत मे १७ देखि जुन २८ सम्म बंगलादेशमा देशव्यापी रुपमा वर्षा भएको थियो । त्यतिबेला नै अधिकांश मानिसको ज्यान गएको बताइएको थियो । यहाँका कतिपय जिल्लाहरूमा पछिल्ला दिनहरुमा पनि बाढीको प्रकोप जारी छ । यहाँ बाढीले ल्याएका सर्पले टोकेर, चट्यांग परेर र बाढीले बगाएर धेरैको ज्यान गएको बताइएको छ ।
बंगलादेशका स्वस्थ्य अधिकारीहरुले अहिले पनि यहाँका कतिपय स्थानमा बाढीको प्रकोप जारी रहेको र ठूलो संख्याका मानिसहरु विस्थापित भएको बताइएको छ । बाढी प्रभावितहरुको उद्धार र सहयोगका लागि ठूलो संख्यामा सहायताकर्मी र प्रहरी परिचालन गरिएको बताइएको छ ।
