काठमाडौं । ख्रीष्टियन मिडिया साेसाइटी ( CMS) ले चर्चित पत्रकार अपिल त्रिपाठिद्वार संकलित एक श्रब्यदृष्य माथि ध्यानाकार्षण जनाउँदै विज्ञप्ति जारि गरेकाे छ।
उक्त श्रब्यदृश्यलाई दिइएकाे शिर्षक थियाे “किसानलाई बाख्रा बितरण गरी धर्म परिवर्तन गराउने डर लाग्दो योजना” तर नेपाली सच्चा ख्रीष्टियनहरुले काेहि कसैलाई पनि आर्थिक ,नैति र भाैतिक प्रलाेभनमा पारेर धर्म परिवर्त नगराउने र त्यस्ताे पाईएमा नेपालकाे प्रचलित कानुन बमाेजिम कार्वाहि गर्न नेपाल सरकारलाई समेत सहयाेग गर्ने अल्पसंख्यक धार्मिक समुदायमाथि राज्यले नै पटक पटक याे समुदायमाथि लान्छाना सहित धर्म गुरुहरुलाई दुख दिई रहेकाे अवस्थामा त्रिपाठिकाे यस ” गण्डकी छड्के “ काे उक्त एपिसाेडकाे बिषयमा विज्ञप्ति निकालिएकाे हाे। भिडियाेमा त्रिपाठिले ख्रीष्टियन पास्टरलाई बाख्रा दिएर किसानलाई धर्म परिवर्तन गराएकाे भन्ने आराेप लगाएका छन्। उता पास्टर शन्तबहादुर थापा भने साे बाेयर जातकाे बाेका बाख्राहरु किसानहरुका लागि सित्तैमा बाँडिएकाे हाे जुन रकम लिएकाे बिषय छ त्याे रकम सिर्फ ढुवानि खर्च बापत लाग्ने रकम लिइएकाे हुनाले अपिल त्रिपाठिले भ्रम शिर्जना गरेकाे बताउँछन्।
यहि बिषयलाई के रहेछ भनी सत्य तथ्यकाे लागि अपिल त्रिपाठी सँग फाेन सम्पर्क गर्दा त्रिपाठिले भने ख्रीष्टियन समुदाय माथि आघात पुर्याउनका लागि याे सामग्री सम्प्रेषण नगरिएकाे र यदि अनुदान या सहयाेग नै गरिएकाे हाे भने रकम किन लिईयाे? के सहयाेगकाे नाममा ख्रीष्टियन चर्चहरुले प्रलाेभनमा राखेर मानिसलाई धर्म परिवर्तन राउँछ ? भनेर जिज्ञासा राखेकाे हाे ।
नेपालमा ख्रीष्टियन समुदायकाे हितकाेलागि भनेर विभिन्न संघ संस्थाहरु स्थापित छन्,तर आफ्नाे समुदाय माथिनै आघात पुग्ने किसिमकाे यस्ता मिथ्या आराेपहर मिडियामा आउँदा समेत चुपचाप रहनुले संघ सस्थाहरु साच्चिकै समुदायकाे निम्ति खाेलिएकाे हाे या नेपालमा मिसिनरि भित्राउनकै लागि एजेन्टकाे रुपमा मात्र काम गर्न खाेलिएकाे हाे भन्ने शंका शिर्जना भएकाे छ।
यस्ताे छ ख्रीष्टियन मिडिया साेसाइटी द्वारा प्रेशित विज्ञप्ति :
मितिः २०७९/०३/१९
विषयः पत्रकार अपिल त्रिपाठीको टेलिभिजन कार्यक्रम प्रति ध्यानाकर्षण
प्रेस विज्ञप्ति ।
मिति २०७९ असाढ १७ गते पत्रकार अपिल त्रिपाठीले टेलिभिजन कार्यक्रम “गण्डकी छड्के” मार्फत तनहुँ जिल्ला भिमाद नगरपालिका वडा नम्बर ६ मा “किसानलाई बाख्रा बितरण गरी धर्म परिवर्तन गराउने डर लाग्दो योजना” भन्दै गरेको टेलिभिजन भिडियो समाग्रीमा ख्रीष्टियन मिडिया सोसाइटी Christian Media Society – CMS को गम्भीर ध्यानाकर्षण भएको र सो क्रियाकलाप प्रति दुःख व्यक्त गर्दै पत्रकार अपिल त्रिपाठीको उक्त कार्य प्रति खेद प्रकट गर्दछ ।
व्यक्ति र संस्थाले गर्ने कार्यको निगरानी र जवाफदेहीता प्रचलित कानुन अनुसार गर्नु नै पर्दछ तर ति कार्यहरूकै आधारमा विशुद्ध धार्मिक आस्थामाथि अनर्गल प्रचार र भ्रम पैदा गरि धार्मिक आस्था माथि नै प्रहार गर्नु निन्दनीय विषय हो । त्यस घटनाप्रति विभिन्न कोणबाट जाँचबुझ गर्दा र भिमाद नगरपालिका -६ तनहुँका भिमाद सु-समाचार मण्डलीका पाष्टर शान्त थापासँग घटनाको बारेमा थप जानकारी लिँदा धर्म प्रचार गरिएको भन्ने अपिल त्रिपाठीको आरोप झुटा र कपोलकल्पित रहेको हाम्रो ठहर छ ।
साथै, स्थानीय प्रशासन, नगरपालिका, वडा र सम्बन्धित ब्यक्तिहरू बिच आवश्यक छलफल भई एक प्रकारको सहमति भईसकेको जानकारी प्राप्त भएको छ ।
यो घटनासँगै सामाजिक संजालमा देखिएका विभिन्न प्रकारका ख्रीष्टियन आस्थालाई आघात हुनेगरी पक्ष विपक्षमा गरिएको विवादास्पद अभिव्यक्ति र भनाइहरूले अझ यस घटनालाई नकारात्मक दिशातिर केन्द्रित हुने खतरा प्रति चिन्ता व्यक्त गर्दै अव यस बिषयमा थप टिकाटिप्पणी नगर्नु हुन र धार्मिक आस्थालाई बिथोल्ने कुनै पनि कृया प्रतिकृया नगर्नु हुन ख्रीष्टियन मिडिया सोसाइटी Christian Media Society – CMS सम्पूर्ण इसाई धार्मिक आस्था राख्ने समुदायहरूमा हार्दिक अपिल गर्दछ ।
……………..
सुमित नेपाली
अध्यक्ष
ख्रीष्टियन मिडिया सोसाइटी
