Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दिलमाया मृत्यु प्रकरण : आरोपी प्रेमीले स्वीकारेनन् आरोप

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 3, 2022
24 shares

काठमाडौं । काठमाडौंको नेपालटारस्थित डेरामा मृतावस्थामा भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनार प्रकरणको अनुसन्धान जारी छ । प्रहरीले हत्या आरोपमा उनका प्रेमीलाई पक्राउ गरेको छ ।

हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको प्रहरीले सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ । उनीविरुद्ध अदालतबाट दुईपटक म्याद थप गरिएको छ । यही असार ११ गते शनिबार बिहान पौने ११ बजे दिलमाया कोठामै मृतावस्थामा फेलापरेकी थिइन् । उनको घाँटीमा निलडाम देखिएको थियो ।

उनको स्थायी घर सुर्खेत हो । असार १० गते शुक्रबार राति ‘काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको’ भन्दै उनको फेसबुकमा ‘सुसाइड नोट’ आशयको स्टाटस पोस्ट गरिएको थियो । शुक्रबार राति १ बजेर २० मिनेटमा उनको फेसबुकमा स्टाटस लेखिएको थियो ।

प्रहरीका अनुसार असार ११ गते बिहान ३ बजे आसपासको समयसम्म दिलमायाले प्रयोग गर्ने मोबाइल कोठामै देखिएको थियो । त्यसपछि, मोबाइलको ‘लोकेसन’ देखिएको छैन । पतिसँग सम्बन्धविच्छेद भएपछि दिलमाया सूर्यसँगै ‘लिभिङ टुगेदर’मा बस्दै आएकी थिइन् । उक्त शुक्रबार राति पनि सूर्य दिलमायाको कोठामै रहेको खुलेको थियो ।

प्रहरीले सूर्यले नै हत्या गरेको दाबी गर्दै आएको छ । मोबाइल पनि सूर्यले नै लुकाएको हुन सक्ने प्रहरी आशंका छ । प्रहरीका अनुसार उनले मोबाइलका बारेमा अनविज्ञता प्रकट गर्दै आएका छन् । पक्राउ परेका सूर्यले भने आफूले हत्या नगरेको दाबी गर्दै आएको बताइएको छ । तर, घटनामा उनको संलग्नता पुष्टि हुने आधार फेलापरेको प्रहरी दाबी छ ।

सञ्चारमाध्यममा दिलमायाको पोस्टमार्टम रिपोर्टबारे खबर सार्वजनिक भए पनि प्रहरी वृत्त बालाजुका डीएसपी गौतम मिश्र भने रिपोर्ट नआएको बताउँछन् । पक्राउ परेका सूर्य विवाहित हुन् । प्रहरीले दिलमायाको ‘हत्या’को कारण खोज्दै छ ।

डीएसपी मिश्र भन्छन्, “अनुसन्धानका सबै कुरा भन्न मिल्दैन । अभियुक्तले सबै कुरा नस्वीकारे पनि उनको उपस्थितिलगायत कुराहरू छन् । अनुसन्धानमा अझै केही समय लाग्छ ।”

प्रहरीले सुरुआती समयमा दिलमायाले आत्महत्या गरेको हुन सक्ने आशंका गरेको थियो । तर, घरधनीले शुक्रबार राति घरमा एक पुरुष आएको देखेको सूचना दिएपछि प्रहरी अनुसन्धान अगाडि बढेको थियो । सुरुमा सूर्यले दिलमायाको घटनाबारे अनविज्ञता प्रकट गरेता पनि उनको मोबाइलको लोकेसन र मोटरसाइकल कोठाअगाडि सीसी क्यामेरामा देखिएपछि उनले शुक्रबार राति दिलमायासँगै रहेको स्वीकार गरेका थिए । सूर्यले घटनाको राति आफूले घरेलु मदिरा र मासु खाएको बताएका थिए । दिलमायाले भने ‘स्प्राइट’ पिएको उनैले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved