खाेटाङ। वर्षासँगै परेको चट्याङले खाेटाङकाे बराहपोखरी गाउँपालिका–४ फाक्टाङस्थित कोठालेका रामबहादुर राउतको श्रीमती ४६ वर्षीया चन्द्रमायाँ राउतको ज्यान गएको छ । गएराति घरैमा सुतिरहेको अवस्थामा गोठमा परेको चट्याङको झड्काले लाग्दा राउतको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतक राउतको शव परीक्षण गर्न प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो । घर नजिकैको गोठमा परेको चट्याङले मृतक आमासँगै सुतेकी १६ वर्षीया छोरी यसोदा राउत सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।