काठमाडौं । गत बैशाख ३० मा सम्पन्न स्थानिय तह निर्वाचनमा देस भरिकाे ११ वटा उपमहानगर पालिका मध्य हेटाैँडा उपमहानगर पालिकाका लागि एकीकृत समाजवादी पार्टिका तर्फबाट २३ हजार ७५ मत लयाएर विजयी भएकाे अल्प सङ्खिक धार्मिक समुदायकि मिनाकुमारी लामा लाई बधाई तथा सफल कार्यकालकाे शुभकामना दिइएकाे छ।
नवनिर्वाचि नगर प्रमुख लामालाई हिजाे ललितपुरकाे सानेपा स्थित आराधना चर्चमा एनसिएफ,एसिएसका साथै एफएनसिएसका अध्यक्षहरुले सामुहिक कार्यक्रम आयाेजना गरि बधाई तथा शुभकामना दिएका हुन्।
कार्यक्रममा बाेल्दै हेटौंडा उपमहानगर प्रमुख लामाले राजनितिमा ख्रीष्टियन समुदाय निर्णायक शक्तिकाे रुपमा विकास हुँदै रहेकाेले राज्यकाे नीति निर्माण देखि विभिन्न उच्च जिम्मेवारिमा ख्रीष्टियन समुदायका मानिसहरु पुग्नु पर्नेमा जाेड दिईन्। बैशाख ३०मा सम्पन्न स्थानिय तह निर्वाचनमा जसरिनै संघ र प्रदेशकाे निर्वाचनमा पनि ख्रीष्टियन समुदायका मानिसहरुकाे उपस्थिति र विजयकाे आवस्यकता रहेकाे समेत बताइन्।
कार्यक्रममा ख्रीष्टियन समुदायबाट विभिन्न संचार संस्थामा आबद्ध रहेर जनतालाई सूचनाकाे माध्यमबाट सु-सुजित गराउँदै आएका पत्रकारहरुकाे एक समूह ( सिजेएफ) तर्फबाट पनि नव निर्वाचिच नगर प्रमुख लाई सुभकामना दिएका थिए।
जसरि नव निर्वाचित नगर प्रमुख लामाले समुदायका लागि आवस्यकता र सहभागिताकाे सवाल उठाइन तर साच्चिनै समुदायमा भने त्याे व्यवहार देखिएकाे छैन, समुदाय भित्र उम्रिने माैसमि च्याउसरि पार्टिहरुका कारण समुदाय नै कता जाँदै छ भन्ने प्रस्न पनि उतिकै उठन थालेकाे छ।
देसकाे विभिन्न स्थानियतहमा ख्रीष्टियन समुदायका जनप्रतिनिधिहरुले विजयि हासिल गरेता पनि त्याे स्थानिय निकायमा समुदाय र आफनाे धार्मिक पहिचानका लागि निर्णायक भुमिका रहला नरहला हेर्न बाँकिनै छ भने समुदाय माथि परिआकाे जस्ताे सुकै अवस्थामा पनि जुटेर बाेलन र लेख्न नसक्नाे समुदाय भित्र रहेकर आवाज उठान गर्ने संचारकर्मिहरुकाे पनि तठस्तता भने देखिन्न।
हुन त स्वर्थकाे राजनिति रहेकाे देसमा काे पाे निस्वार्थरुपमा काम गर्ला र तर पनि सहनसिलता, धैर्यताकाे मर्म बुझने अल्प सङ्खिक धार्मिक समुदायकाे आवाज बाेल्न र आफ्नाे अस्थित्वकाे निम्ति खुलेर लेख्न र बाेल्नु आजकाे आवस्यकता देखिएकाे छ।
उक्त बधाई तथा शुभकामना कार्यक्रममा पास्टर हनाेक तामाङ, पास्टर ओमप्रकाश सुब्बा,रेभ. फिलेमाेन क्षेत्री लगायत ख्रीष्टियन अगुहरुकाे उपस्थिति रहेका थियाे। https://suchanachautari.com/17047/?
तस्विर सामाजिक सञ्जालबाट साभर
