Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रतिपक्ष सरकार बनाउने तयारीमा एमाले खाेटाङ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 27, 2022
123 shares

खोटाङ। दस स्थानियतह रहेकाे खाेटाङमा नेकपा एमालेले एमाले पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको छ । एमाले जिल्ला कमिटिको शनिबार बसेको पाँचौं सचिवालय बैठकले गत बैशाष ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको हो ।

संघियता कार्यन्वयनकाे दाेश्राे स्थानीय तहको निर्वाचनपछि बसेको बैठकको निर्णय सार्वजनिक गर्न हिजाे आइतबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला कमिटि अध्यक्ष रामप्रसाद दंगालले पराजित भएको पालिकामा आगामी असोज महिनाभरीमा प्रतिपक्ष सरकार बनाउने तयारी गरिरहेको जानकारी दिए ।
१० स्थानियतह रहेकाे खाेटाङमा दुई स्थानमा मात्र एमालेले प्रमुख प्कोरमुख पदमा विजय हासिल गरेकाे छ । तसर्थ पराजय भएकाे बाँकी आठ स्थानीय तहमा एमालेले प्रतिपक्ष सरकार बनाउने भएको हो । पालिका तथा नगरपालिकामा हुने अनियमितता,भ्रस्टाचारकाे विरुद्ध शसक्त प्रतिवाद गर्न, समग्र जनताको भावनाको प्रतिनिधित्व गर्नदेखि सत्तापक्षले गर्न सक्ने संभावित एकलौटीपनलाई रोक्न दवाव तथा खबरदारी गर्न प्रतिपक्ष सरकार बनाउने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

‘राम्रो कामलाई साथ दिन र नराम्रो कामलाई खबरदारी गर्नका लागि पराजित भएको पालिकामा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेका हौँ,’ अध्यक्ष दंगालले भने, ‘प्रतिपक्षको काम बिरोध गर्नु मात्र होईन, रचनात्मक सहयोग गर्नु पनि हो । हामी स्थानीय सरकारलाई रचनात्मक सहयोग गर्न तयार छौँ । सरकार गलत बाटोमा गए सच्याउने काम गर्नेछौँ ।’

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पराजित भएको पालिकामा कांग्रेसले पनि छायाँ सरकार बनाएको थियो तर छायाँ सरकार प्रभावहिन बनेको थियो । एमालेले बनाउने प्रतिपक्ष सरकारको प्रभाव भने हेर्न केही समय कुर्नैपर्ने हुन्छ ।

कसरी पराजय भयाे आठ स्थानियतहमा एमाले ??
बिभिन्न दलहरुकाे एकीकृत गठबन्धनबाट चौतर्फी घेराबन्दीका बिचमा चुनावी गणित तलबितल भए पनि जनताको मन र मतमा पहिलो शक्तीको रुपमा आफ्नो पार्टी देखिएको एमालेको बिश्लेषण छ ।

पाँच दलीय गठबन्धनले सत्ता र शक्तीको चरम दुरुपयोग, व्यापक आर्थिक चलखेल, जातीय, क्षेत्रीय र भौगोलिक विषयले पार्टीका केही कार्याकर्ता प्रभावमा पर्नु, विपक्षीको गुण्डागर्दी, बल प्रयोग, पैसा तथा धाँधली रोक्न नसक्नु, टिकट नपाएका नेताले आफुले टिकट पाएको भन्ने भावना पैदा नहुनु, बिपक्षिलाई मकजाेर ठानेर पार्टिका युवा कार्यकर्ताहरु संयमित रुपमा चुनावि प्रचारमा लागेर मतदाताकाे मन जित्न नसक्नाे, विभिन्न स्थानियतहमा २०७४ मा विजयी एकालेका जनप्रतिनिधिहरुले पारदर्शि र जनताकाे मन जित्न नसक्नाे साथै जनतप्रतिनपधिहरुले गरेकाे बिकासका कामहरुमा साेचेअनुसारकाे प्रगति नभएकाे लगायतका कारणले हार बेहोर्नु परेको निष्कर्ष निकालेको छ । एमालेले असारभित्र सबै पालिकामा पालिका स्तरिय विस्तारित बैठक गर्न व्यवस्थापक र मुख्य उत्प्रेरक समेत तोकेको जानकारी दिएको छ ।

यसैगरि, एमाले बैठकले पार्टी प्रवेश तथा घर फर्क अभियान, जनसंगठनको जिल्ला भेला तथा अधिबेसन, जनप्रतिनिधिको भेला तथा प्रशिक्षण, पार्टी स्कुल सञ्चालन, एमालेसँग जनताको गुनासो संकलन लगायतका कार्यक्रम गर्ने मिति समेत तोकेको छ । एमालेले स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने, पार्टी बिरुद्ध गतिविधि गर्ने नेता तथा कार्यकर्ता उपर छानविनका लागि अध्यक्ष दंगालको संयोजकत्वमा छानविन कमिटि गठन गरेको समेत उक्त कार्यक्रममा अध्यक्ष दंगालले जनाए ।

साे पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य एवं जिल्लाका सहइन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई, रमेश पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved