प्रेम श्रेष्ट, खाेटाङ। खाेटाङकाे रावाबेसी गाउँपालिका- ४ डुम्रेधारापनीको दूधकोशी नदी र रेवा नदिको सँगम स्थल कौशिखर्कमा अनन्त श्री जगदगुरुको बाहुलिबाट र देबाचार्य ज्यूहरु,रावाबेसी गाउँपालिमा अध्यक्ष फटिककुमार श्रेष्ठ , उपाध्यक्ष कौशिला कुमारी गुरुङ , निबर्तमान अध्यक्ष लिलानाथ निरौला , दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई , दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्याैपाने खाेटाङ जिल्लाका प्रजिअ, डिएसपी,सरकारी वकिल साथै वडाअध्यक्ष ज्ञान बहादुर पाण्डे , खार्पाका वडा अध्यक्ष डोलराज बस्नेत, निबर्तमान अध्यक्ष कालिदास पोखरेल, शिक्षक तथा नेताहरु करिब ५०० जना धर्मावलम्बीहरुको उपस्थितिमा प्राण प्रतिष्ठा गर्ने कार्य सम्पन्न भएकाे छ। साउनमा प्रत्येक सोमबार बोलबम या पानी चढाउने कार्य छ।भक्तजनहरुलाई स्वागत छ। ओमकारेश्वर ज्योतिर्लिङ्गको दर्शन गर्नुभई आफुले मागेको वर प्राप्त गर्नु होला। १२ ज्योतिर्लिङग मध्येका १ ज्योतिर्लिङ्ग ओमकारेश्वर ज्योतिर्लिङग जुन स्थानमा दशहजार बर्ष बसेर शिबले मानव श्रृष्टीको शुरुआत गरेको प्रमाण जगदगुरुबाट ब्यक्त । रावाबेसी गा.पा. २०७८/०७९ को ५ लाख बजेट बाट निर्माण गरिएको हो ।
- September 29, 2026
