Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मेरो तहबाट कुनै सम्झौता हुने कार्यक्रम छैन : प्रधानसेनापति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 17, 2022
58

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले एसपीपी कार्यक्रम सेनालाई मान्य नभएको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा शुक्रबार प्रधानसेनापति शर्माले एसपीपी नआएको र आए पनि मान्य नहुने बताए ।

‘एसपीपी कुनै हालतमा हाम्रो काम छैन । एसपीपी हाम्रो लागि मान्य छैन’, प्रधानसेनापति शर्माले भने । बाहिर डकुमेन्ट सार्वजनिक भएपछि क्रिया र प्रतिक्रिया आउनु स्वाभाविक भए पनि अब त्यसमा बिराम लगाउनुपर्ने उनको भनाई छ ।

सुरुमा मानवीय सहयोगका लागि कुरा आएकोले पत्राचार भएको उनले बताए । ‘मानवीय सहयोगका लागि चिठी लेखेको हो सैन्य गठबन्धनमा जाने भएपछि हामी जाने होइन’, उनले भने । एसिया प्यासिफिक क्षेत्र हेर्ने अमेरिकी सैनिक जर्नेल फ्लिनलाई पनि सैन्य गठबन्धनमा नजोडिने स्पष्ट भाषामा भनिएको प्रधानसेनापति शर्माको भनाई छ ।

मेरो तहबाट कुनै सम्झौता हुने कार्यक्रम छैन

प्रधानसेनापति शर्माले आफ्नो अमेरिका भ्रमणमा कुनै सम्झौता गर्ने कार्यक्रम नरहेको पनि बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे स्पष्ट पार्दै सेनाले सैन्य गठबन्धनको सम्झौता नगरेको बताएका हुन् । यस्तै, एसपीपीसम्बन्धी बाहिर आएको कागजात पनि सरकारी नभएको उनको भनाई छ ।

‘एसपीपीको डकुमेन्ट सरकारी होइन । यसमा हाम्रो संलग्नतामा छैन । यो कुनै प्रकारले बाहिर आएको हुनसक्छ ।अमेरिका भ्रमणमा मेरो तहबाट कुनै सम्झौता हुने कार्यक्रम छैन’, उनले भने । प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको वासिङ्टन डीसी पुगेर फर्कने कार्यक्रम छ ।

सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र पनि साँचो भएको प्रधानसेनापति शर्माले स्पष्ट पारे । ‘सेनाले लेखेको चिठी बाहिर निस्केर सनसनी फैलाएको वाला सत्य हो । २७ अक्टोबर २०१५ मा लेखेको हो । नेपालमा भर्खर भूकम्प आएर २७ देशबाट सैनिक आएर मित्रराष्ट्रका सैनिक गैरसैनिक आएको लेखिएको साँचो हो । यो चिठीको सैन्य गठबन्धन हुन होइन । यो चिठी लेख्दैमा सैन्य गठबन्धन हुने कुराको म विरोध गर्न चाहन्छु’, प्रधानसेनापति शर्माले भने ।

अमेरिकाको युटा राज्यबाट सहयोग सामग्री लिन सहज हुने भएकाले त्यसपछि पनि २ वटा चिठी लेखिएको उनको भनाई छ । ‘पछि २ चिठी पनि लेखिएको हो । अमेरिकी सरकारबाट युटा राज्यको एसपीपी सामग्री दिनका लागि दिन अमेरिकी सरकारले एसपीपीबाट दिने र सजिलो हुने भएपछि मानवीय सहयोग नेपालमा ल्याउन लेखिएको हो । नेपालको बर्खिलाप जाने भनेर र सैन्य गठबन्धनमा जाने भनेर होइन । सेना परराष्ट्र नीतिमा स्पष्ट छ’, उनले भने । तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्रीको स्वीकृतिमा नै पत्र लेखेको उल्लेख गर्दै उनले भने, ‘तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्रीको स्वीकृतिमा पत्र लेखिएको हो । तत्कालीन रुपमा एसपीपी सैन्य गठबन्धनमा थिएन । सन् २०१९ मा आईपीएसमा एसपीपी गएपछि हामीले असजिलो हुन्छ भनेर सरकारलाई रिभ्यू गर्न भनेका हौँ ।’

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved