काठमाडौँ । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानसेनापति प्रभुराम शर्मा उपस्थित भएका छन् ।
पछिल्लो पटक पेचिलो बनेको अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) बारे छलफल गर्न समितिले प्रधानसेनापति शर्मालाई बोलाएको थियो ।
समितिले परराष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौडेल र रक्षा सचिव किरणराज शर्मालाई पनि छलफलका लागि बोलाएको छ।
