Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङ : हलेशीमा लैङ्गिक विभेदको सिकार बनिन सचिब शुसिला

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 16, 2022
60 shares

खाेटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० का वडाध्यक्ष अर्जुन कमार पुरीले महिला कर्मचारीसँग काम गर्न असहज हुने भन्दै पुरुष कर्मचारी माग गरेका छन् ।

वडा नम्मर १०का अध्यक्ष पुरीले मंगलबार प्रमुख प्रशासकीय अधिकृत रविकिरणलाई पत्र पठाउँदै वडा सचिव पुरुष नै व्यवस्था गरिदिन माग गरेका हुन् ।

नगरपालिकाले १० नं वडामा सुशिला दाहाललाई हालै सरुवा गरी पठाएको थियो । तर सोमबार बसेको वडा समितिको बैठकले उनलाई हाजिर नगराई पुरुष कर्मचारी नै माग गर्ने निर्णय गरेको हो । नगरमा पठाएको पत्रमा भनिएको छ, ‘महिला वडा सचिवबाट असजिलो हुने भएको कारणले यस वडामा पुरुष कर्मचारी नै वडा सचिव व्यवस्था गरिदिनुहुन यस वडाको मिति २०७९ जेठ ३० गतेको वडा समिति बैठकको निर्णय अनुसार अनुरोध छ ।’

उक्त हलेसी तुवाचुङ नगरपालिकाको नगरप्रमुख बिमला राई हुन् । यही नगरपालिकाका वडा नं ५ र ७ मा पनि महिला कर्मचारी छन् । महिला कर्मचारीलाई अस्वीकार गरेकोबारे जानकारी पाएको बताउँदै बिहीबार कार्यालय पुगेर छलफल गर्ने नगरप्रमुख बिमला राई बताउँछिन् ।

‘लोक सेवा आयोग पास गरेर आएका कर्मचारीलाई महिला भएकै कारण अयोग्य भन्ने अधिकार कसैलाई पनि छैन । जसरी जनताबाट निर्वाचित वडाध्यक्षलाई कमजोर भन्दै मैले फिर्ता गर्न मिल्दैन, त्यसैगरी लोक सेवा आयोग पास गरेको कर्मचारीलाई पनि जनप्रतिनिधिले अयोग्य भनेर फिर्ता गर्न मिल्दैन’, नगरप्रमुख बिमला राईले भनिन् ।

वडा अध्यक्ष पुरीले पनि पुरुष नै वडा सचिव माग गरेको स्वीकार गरेका छन् । पुरीले भने, ‘हाम्रो वडा अलिक ठूलो पनि छ । नवलपुर अलिक टाढा छ । त्यहाँ गएर हप्ताको एक दिन सेवा सुविधा दिने भनेर हामीले निर्णय गरेका छौं । उहाँको बच्चा पनि सानो भएको कारणले हेरबिचार गरिपाउँ भनेको हो ।’ वडाध्यक्ष पुरी एमालेबाट निर्वाचित हुन् ।

३ बर्षदेखि निजामति सेवामा रहेकी शुशिलाले सोलुखुम्बुको एक वडामा सचिवको जिम्मेवारी सम्हालेकी थिइन् । हलेसीकै वडा नं ५ मा सचिवको जिम्मेवारी सम्हालेकी उनी नगर कार्यालयमा कार्यरत थिइन् । उनलाई भर्खरै वडा नं १० अखौले वडा सचिवको रुपमा सरुवा गरिएको हाे ।       

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved