Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बाढीले क्षति नगरे वर्षा सकिएलगत्तै मेलम्चीको पानी काठमाडौं आउँछ : मन्त्री उमाकान्त चौधरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 14, 2022
29

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले वर्षायाममा बाढीले आयोजन स्थलमा क्षति नगरे वर्षा सकिएलगत्तै काठमाडौंमा मेलम्चीको पानी आउने बताएका छन् ।

प्रतिनिधिसभामा मंगलबार आगामी आर्थिक वर्षका लागि खानेपानी मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा बोल्दै मन्त्री चौधरीले वर्षाको समयमा सुरुङलाई थप क्षति हुनबाट जोगाउन सकेमा वर्षा सकिए बितिकै पानी सञ्चालन गर्न सकिने बताएका छन् ।

मन्त्री चौधरीले मेलम्ची जलाधारमाथि करोडौं घनमिटर गेग्रान थुप्रिएर बसेको बताए । वर्षाको बेला लेदोको रुपमा बग्ने सम्भावना रहेको र त्यस्तै लेदोको कारण हेडवक्र्स पुरिएको, सुरुङमा पसेको लेदोसमेत सफा गरी केही समय पानी सञ्चालन समेत गरिएको बताए ।

उनले अर्बौंको लगानीमा निर्मित सुरुङको सुरक्षाका लागि जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्को सुझाव, अर्ली अर्लाम सिस्टम र विज्ञहरुको सल्लाहका आधारमा मेलम्ची खानेपानी आयोजना वर्षायामसम्मका लागि बन्द गरिएको जानकारी दिए । वर्षाको समयमा सुरुङलाई थप क्षति हुनबाट जोगाउन सकेमा वर्षा सकिएबितिकै पानी सञ्चालन गर्न सकिने मन्त्रालयको योजना रहेको उनले सुनाए ।

मेलम्चीबाट पानी नआउने बेला वैकल्पिक खानेपानीको व्यवस्था गर्ने बताए । मन्त्री चौधरीले भने,‘सो अवधीमा काठमाडौंवासीलाई पानीको अभाव हुन नदिन बागमती नदीबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी पठाउने, केयूकेयल अन्र्तगतका बोरिङहरुको क्षमता अभिवृद्धि गर्ने र अन्य स्रोतहरुको पानी उपयोग गर्ने काम भइरहेको छ । मेलम्ची जलाधार क्षेत्रको अध्ययन एसियाली विकास बैंकको टोलीले गरिरहेको छ । अध्ययन अनुसार पहिरो न्यूनिकरणका कार्यक्रमहरु आगामी आर्थिक वर्षबाट काम गर्न बजेट व्यवस्था गरिएको छ ।’

उनले मेलम्ची खानेपानीको पुरक र विकल्पको रुपमा काठमाडौं उपत्यकाको दिगो खानेपानी व्यवस्थाका लागि मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोस्ने र भक्तपुरको महादेव खोलाबाट काठमाडौं उपत्यकामा पानी ल्याउनेबारे योजना बनिरहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved