काठमाडौँ । देशका केही स–साना नदीहरूमा आज पानीको बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ । आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूको बहाव सामान्य तथा सतर्कता तह भन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार प्रदेश १ को इलाम, झापा, गण्डकी प्रदेशको स्याङ्जा, कास्की, तनहुँ, लमजुङ गोरखा र आसपास भई बहने केही स(साना नदीहरूमा बहाव बढ्ने, केहीमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान महाशाखाको पुर्वानुमान छ ।
