खोटाङ। खोटाङको जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
आज सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा भएको निर्वाचनबाट जिल्ला समन्वय समितिको प्रमुखमा गठबन्धनको तर्फबाट जसपाका सनबहादुर राई र उपप्रमुखमा गठबन्धनकै माओवादी केन्द्रका सुरेश तामाङ निर्वाचित भएका हुन्।
नव निर्वाचित प्रमुख राई र उपप्रमुख तामाङले १६र१६ मत पाएका थिए। एमालेबाट जिसस प्रमुखका उम्मेदवार किशोर कुमार श्रेष्ठ र सन्तोष राईले ४र४ मत पाएको सहायक निर्वाचन अधिकृत प्रतिभा राईले जानकारी दिईन्।
दस स्थानिय निकारय रहेको खोटाङमा जिल्ला समन्वय समितिको निर्वाचनमा प्रत्यक नगर र पालिका बाट २र२ जना गरि जम्मा २० जना मतदाता थिए भने जिल्ला समन्वय समितिका निवर्तमान पदाधिकारीहरुले भने हिजै एक पत्रकार सम्मेलन गरि आफ्नो कार्यकाल पूरा भएको जानकारी गराएका थिए।
