खोटाङ। पुरानो बजार सँगै जिल्लाको सदरमुकाम समेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलमा अहिले फोहोर उठाउने कार्य सकिएको छ।
गत दुई महिनादेखि उठ्न नसकेको फोहोरको कारण सदरमुकाम दुर्गन्धित हुने अवस्था भएकास थियो। गत २७ गत्ते देखि फोहोर उठाउने कार्य थालनि भएपनि बर्षाको समय त्यो पनि पहाडि क्षेत्रमा बाटोहरु बगाउने समस्याले गर्दा गाडि फस्ने समस्याको कारण फोहोर नउठेको गुनासो पछि २८ गत्ते नगरपालिकाका प्रमुख प्रासाशकिय अधिकृत आफै अनुगमनमा लागि लफ्याङ गएका थिए।
२०७१ पछि १० औँ प्रमुख प्राशासकिय अधिकृतको रुपमा रहेका निलम कुमार न्यौपानेका साथै वडा नम्मर ५ का वडाध्यक्ष दिनेश कुमार घिमिरे सहितको एक टोलिको अनुगमनले सो फोहोरको गाडि बाटोमा नफसोस भन्नकालागी गाडिको साथमै गाडि तान्न डोजर समेत पठाउने निर्णय गरिएको थियो।
बजारको मुख्य सडक ढलान नहुँदाको पीडा, बर्षायाममा पानिले बाटो बगाउँदाको समस्या माथि महिनौँ फोहोर नउठ्दा स्थानियहरुमा जटिल समस्या थियो।

यो समाचार तयार पार्दासम्म बजारमा थुप्रिएको फोहोर उठाउँने कार्य सकिएको नगरपालिका फोहोर व्यवस्थापन संयोजक सम्भु घिमिरेले बताए ।
पटक पटक ताकेता गर्दा समेत मुख्य बजारको सडक ढनान भएको हुँदा गत २८ गत्ते सोहि बाटोमै नगर प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधि सहित स्थानिय नागरिकहरुको सहभागितामा नागरिक सुनसवाई कार्यक्रम समेत गरिएको थियो।
