Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जेलबाटै रेशम चौधरीले तयार गरे पार्टी संचालन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 12, 2022
261

काठमाडौँ । टीकापुर घटनामा कतब्र्य ज्यान मुद्दामा हाल डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टी संचालन र कार्य विभाजन प्रस्ताव तयार परेका छन् ।

चौधरीका अनुसार पार्टी संचालनका लागि पार्टी लेबी, क्रियाशील सदस्यता र कार्य विभाजनका सम्बन्धमा आगामी केन्द्रीय कमिटी बैठकबाट निर्णय लिन रेशमको निर्देशन छ ।

लेबी सम्बन्धमा प्रस्ताव

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य हुन एक कार्यकालका लागि २५ हजार लेबी निर्धारण गरिएको छ । यस्तै क्रियाशील सदस्यका लागि एक वर्षमा २५०, साधारण सदस्यका लागि एक वर्षमा २५ रुपैयाँ लेबी निर्धारण गरिएको रेशमको प्रस्तावमा उल्लेख छ ।

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित मेयरले मासिक तलबको १५, उपमेयरले १२, वडाध्यक्षले १० प्रतिशत लेबी बुझाउनुपर्ने छ भने वडा सदस्यले मासिक १ हजार रुपैयाँ तोकिएको छ ।यस्तै जिल्ला समन्वय समितिका सभापतिले २० प्रतिशत र जिल्ला समन्वय समितिका सदस्यले १० प्रतिशत लेबी पार्टीलाई बुझाउनुपर्ने प्रस्तावमा भनिएको छ ।

यस्तो छ कार्य विभाजन

चौधरीका प्रस्ताव अनुसार पार्टीको आगामी केन्द्रीय कमिटी बैठकले विद्यार्थी, श्रमिक, वुद्धिजिवी, कलाकार र भारतीय श्रमिक समाज संगठन हुने भएको छ ।

नागरिक विद्यार्थी समाजको संयोजकमा सत्य चौधरीको नाम प्रस्तावित छ भने नागरिक श्रमिक समाजको संयोजकमा रमण चौधरीको नाम अगाडि सारिएको छ । यस्तै नागरिक बुद्धिजीवी समाजको संयोजकमा राम बहादुर चौधरीको नाम प्रस्तावित गरिएको छ ।

नागरिक कलाकार समाजको संयोजक दर्पण कुसुम्या र नागरिक उन्मुक्ति भारतीय श्रमिक समाजकको संयोजक ललित ताम्राकारलाई बनाउने रेशमको तयारी छ । संस्थापक चौधरीले कार्यालय सचिवमा रमेश विकलाई अनिवार्य राख्ने भनेका छन् । कैलाली र बर्दियाका मुख्य क्षेत्रका लागि नेताहरुलाई जिम्मेवारी तोक्न पनि रेशमको प्रस्तावमा उल्लेख छ ।

कैलालीको टीकापुर क्षेत्रमा रामलाल डगौंरा, रमेश विक, लम्कीमा महेन्द्र उपाध्याय, बौनियाँमा पुश्कल चौधरी, घोडाघोडीमा प्रेम चौधरी, भजनीमा गंगाराम डगौंरा, जोशीपुरमा कैलाश चौधरी र धनगढीमा निम प्रसाद चौधरीले हेर्न गरी प्रस्ताव तय भएको छ । यस्तै बर्दियाको राजापुर क्षेत्रमा राम बहादुर बरवरिया र गुलरियामा सोमाई चौधरीलाई जिम्मेवारी तोक्न रेशमको प्रस्ताव छ ।

यस्तै टिकापुर घटनाका राजबन्दी परिवार, पार्टीका सदस्य र शिक्षित तथा महत्वपूर्ण व्यक्तिलाई पहिलो प्राथमिकता दिनुपर्ने रेशमको प्रस्तावमा उल्लेख छ । नागरिक उन्मुक्ति पार्टीले जितेका ४ पालिकामा टिकापुर घटनाका राजबन्दी परिवारलाई केही न केही राहतको व्यवस्था गर्ने भनिएको छ ।

‘राजबन्दी परिवारको अवस्था र तीनका बालबालिका के कस्तो अवस्थामा छन्, निशुल्क अध्ययन तथा उपचारको बन्दोबस्त गर्नुहोला,’ प्रस्तावमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved