मोरङ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राविधिक शिक्षा मुलुकको लागि आजको आवश्यकता भएको बताएका छन् ।
मोरङको जहदा गाउँपालिका–४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकको शनिबार अनुगमन एवं निरीक्षण गर्दै प्राविधिक शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नुका साथै देशको विकास निर्माणमा सहयोग पुग्ने धारणा राखेका छन्।
पूर्वराष्ट्रपति डा. यादवले शिक्षामा सबैको पहुँच पु¥याउन ग्रामीण क्षेत्रका गरिब तथा विपन्न समुदायलाई लक्षित गरेर सरकारले योजना बनाउनुपर्नेमा जोड दिए । उनले ग्रामीण क्षेत्रमा स्थापित यस प्राविधिक शिक्षालयको विकासमा सङ्घ, प्रदेश र स्थानीय पालिकाले ध्यान दिनुपर्ने धारणा राखे । पूर्वराष्ट्रपति डा यादवले प्राविधिक शिक्षा हासिल गरेपछि सिकेको ज्ञान र सीपलाई राष्ट्रको बृहत्तर हितमा प्रयोग गर्न विद्यार्थीलाई आग्रह गरे ।
सीटीईभीटी तथा कृष्णप्रसाद कोइराला सेवा गुठीको साझेदारीमा सो पोलिटेक्निक सञ्चालनमा आएको हो । उक्त शिक्षालय तीन बिघा क्षेत्रफलमा रहनुका साथै विभिन्न विधामा ५०० विद्यार्थी अध्यनरत रहेको विद्यालयका प्रमुख सन्तबहादुर अधिकारीले जानकारी दिए ।
