Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विपदमा सबै सरकारी निकायबीच समन्वय गरौँ : गृहमन्त्री बालकृष्ण खाण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 12, 2022
0

भरतपुर । गृहमन्त्री बालकृष्ण खाणले नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्ड अवरोध हुन नदिन सबै सरकारी निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । चितवनको कुरिनटारस्थित शनिबार सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम शिक्षालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले काठमाडौँ जोड्ने लाइफलाइनको रुपमा रहेको सडकखण्ड लामो समय अवरोध नहुने वातावरण सिर्जना गर्न निर्देशन दिएका हुन् ।

उनले पोखरादेखि मुग्लिन र नारायणगढदेखि मुग्लिन हुँदै काठमाडौँ जाने सडकको सहज व्यवस्थापनका लागि सबै जिल्लाका सिडियोहरूले समन्वय गरेर काम गर्नुपर्ने बताए । “यो सडकखण्डमा वर्षेनी पहिरो जाने र नागरिकको जीउधनको क्षति हुने गरेको छ । यसले सडक सञ्जालमा गम्भीर अवरोध पुर्याउने गरेको छ”, उनले भने, “तपाईँहरू जिल्ला प्रमुख, सुरक्षा निकाय र सडक विभाग मिलेर व्यवस्थापनको काम गर्नुहोस् ।’’ उनले आवश्यक उपकरण, जनशक्ति र बजेको व्यवस्था गर्न जिल्ला प्रमुखलाई निर्देशन दिए ।

मन्त्री खाणले सडक निर्माण गर्दै दीर्घकालीन रुपमा सोचेर काम नगर्दा समस्या आउने गरेको बताए । “मुग्लिन–नारायणगढ सडकखण्डमा नदीको दुवैतर्फ सडक निर्माण गर्नुपर्छ । जसले गर्दा पहाड कम कटान हुने र क्षति पनि कम हुन्छ । थोरै पहाड काटेर पनि सडक निर्माण गर्न सकिने उपाय हुँदाहुँदै अस्तव्यस्त तरिकाले काम गर्न हुँदैन”, उनले भने ।

हरेक आयोजनालाई अगाडि बढाउँदा त्यसले प्राकृतिक विपत्तिलाई कतिको सामना गर्न सक्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । सामूहिक प्रयत्नबाट मात्र नागरिकको जीउधनको सुरक्षा हुने भन्दै उनले नियमित जिम्मेवारी पूरा गर्दै विपतको समयमा थप भूमिका निर्वाह गर्न सुरक्षा संयन्त्रलाई आग्रह गरे । “गतवर्ष भन्दा ठूलो वर्षा हुन्छ भन्ने आकलन छ । त्यसैले जनताको जनजीवनलाई कसरी सुरक्षित गराउन सकिन्छ भन्नेतर्फ सबैले ध्यान दिन जरुरी छ”, उनले भने ।

नेपालको भू–बनोट र ठूला नदीका कारण पनि वर्षेनी बाढीपहिराको समस्या हुने गरेको मन्त्री खाणले बताए । सरकारले नागरिकको जीउधनको रक्षा पहिलो प्राथमिकतामा राखेको भन्दै उनले शान्ती सुरक्षा,अपराधिक घटना नियन्त्रण र सीमा सुरक्षाका काममा कुनै सम्झौता नहुने उल्लेख गरे । नेपालमा सनाठूला झण्डै छ हजार नदीनाला रहकाले यिनले पु¥याउन सक्ने क्षतिका विषयमा पनि सचेत बन्नुपर्ने मन्त्री खाणले बताए । उनले विपत व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले उद्धारका काममा महत्वपूर्ण काम गरेको भन्दै प्रशंसा व्यक्त गरे ।

“घटना दुर्घटना भएपछि मानिसको जीवितै उद्धार र मृत्युपश्चात शव भेटाएर परिवारको जिम्मा लगाउनु हाम्रो कर्तव्य हो । त्यसमा सशस्त्र प्रहरीले उल्लेखनीय काम गरेको छ”, उनले भने । उनले नदीमा बेपत्ताको खोजीका लागि बङ्गलादेशबाट गोताखोर ल्याउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै थप जनशक्ति र स्रोतसाधनको व्यवस्था गर्दै लैजाने बताए । मन्त्री खाणले संविधान र कानुनको जिम्मेवारी निर्वाह गर्दै जाँदा कहिलेकाही व्यावहारिक पक्षलाई पनि ध्यान दिन सुरक्षा निकायलाई दिर्नेशन दिए । विपतसम्बन्धी सबै नागरिकलाई सचेतना फैलाउन जरुरी रहेको उनले बताए ।

“घरबाट लामो यात्रा गर्दा मौसम कस्तो छ । त्यो दिन र अर्को दिनको जलवायुको अवस्था कस्तो छ । भारी वर्षात हुन्छ कि हुँदैन । हुन्छ भने कहाँ कहाँ पानी पर्छ ? यात्रामा अफ्ठ्यारो पर्छ कि पर्दैन भन्ने आफैँले सोचेर हिँड्न उहाँले सबै नागरिकलाई सुझाव दिए । मन्त्री खाणले मौसमसम्बन्धी पूर्वानुमानबारे विश्वविद्यालय र स्कुलका विद्यार्थीलाई अध्ययन अध्यापन गराउन जरुरी रहेको धारणा राखे । उनले विपतको समयमा यात्र गरिएन भने मात्रै पनि ठूलो धनजनको क्षतिाबाट जोगिन सकिने बताए ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved