खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा दिक्तेलबजार सरसफाई अभियान सुरु गरिएको छ। जिल्ला सदरमुकामको प्रमुख व्यापारिक केन्द्र तथा उक्त नगरपालिकाको दिक्तेलबजारलाई स्वच्छ र सुन्दर बनाउन हरेक महिनाको अन्सतिम सनिवार रसफाई गर्ने प्रण गर्दै नगरपालिकाले अभियानको सुरुवात गरेको हो।
आज शनिबार बाम्राङको फेमिली केयर अस्पतालबाट सुरु गरेर रत्नपार्क हुंदै पूरानो वेसक्यामसम्म सरसफाई गरिएको छ । अब प्रत्येक महिनाको अन्तिम शनिबार दिक्तेलबजार सरसफाई गरिने लफ्याङका वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिएका छन्।
२०७४ सालको स्वथानिय निर्वाचन पश्चातको अवधिमा नगरपालिकाको लागि प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेको झण्डै दर्जन ब्यक्तिहरु आए तर कुनै प्रशासकिय प्रमुखहरु नगएको ठाउँमा यो पटक भने दिक्तेलको फोहोर नउठेको झण्डै ३ महिना हुँदा दशौँ प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपाने झरि बर्षातका बावजुद पनि होजो नगरपालिकाको फोहोर फाल्ने डम्पिङसाईडको निरिक्षणमा गएका थिए।

वडाध्यक्ष घिमिरेका अनुसार दिक्तेलबजार सफाई सकेपछि नगर कार्यपालिकाको अर्को बैठक बसेर वडाहरुको बजारक्षेत्रमा पनि सरसफाई अभियान सञ्चालन गरिनेछ।
सरसफाई अभियानमा नगरप्रमुख तीर्थराज भट्टराई,उपप्रमुख बिसन राई, प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपाने, दिक्तेलका वडाध्यक्ष नवराज राई, सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राई, बाम्राङका वडाध्यक्ष महेन्द्र बहादुर राई, खाल्लेका वडाध्यक्ष खगेन्द्र राई, लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे, नुनथलाका वडाध्यक्ष भगेश्वर राई लगायत दिक्तेलबजारका सम्पूर्ण सरकारी, गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र टोल विकास समितिका पदाधिकारीहरु सहभागी थिए।

नगरपालिकाको पहिलो कार्यपालिका बैठकले प्रत्येक महिनाको अन्तिम शनिबार दिक्तेलबजार सरसरफाई गर्ने निर्णय गरे बमोजिम सरसफाई अभियान सञ्चालन गरिएको हो।
