डोटी । बोगटान फुड्सिल गाउँपालिका–४ सातफरी न्वादेउ का २० वर्षीय शिक्षक भरत बिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी स्थानीय सातफरी आधारभुत विद्यालयका शिक्षक हुन् ।
बिहीबार बिहान घर नजिकैको लुगा सिलाउने पसलमा शिक्षक बिकको शव फेला परेको हो ।
बुधबार राती विद्यालयमा पुस्तक पुर्याएर फर्किएका शिक्षक बिकलाई उनका बुवाले राती ११: ३० बजे घर भन्दा २० मिटर परको सडकमा घाइते अवस्थामा फेला पारेको परिवार स्रोतलाई उदृत गर्दै प्रहरी नायव निरीक्षक बमले जानकारी दिए । घाइते अवस्थामा भेटिएका उनलाई उनका बुवा र श्रीमतीले सुत्ने कोठामा पुर्याएका थिए ।
प्रहरीका अनुसार मृतकको कम्मर र खुट्टामा चोटपटक लागेको देखिन्छ । प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।
