काठमाडौं । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मनहरी गाउँपालिका–६ हिलेदमारका ३७ वर्षीया जमुनामाया मोक्तानको चट्याङ लागेर मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार साँझ साढे ६ बजेको समयमा वर्षासँगै आएको चट्याङ लागेर मोक्तानको घटनास्थलमै मृत्यु भएको हो ।
