Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दिक्तेल मझुवागढी नगरपालिकामा उजुरीमाथि छानविन गर्न उच्चस्तरीय समिति गठन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 7, 2022
116

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अघिल्लो कार्यकालका जनप्रतिनिधिले सञ्चालन गरेका विकासे योजना तथा कार्यक्रममा अनियमितता भएको जनाउँदै स्थानीयवासीले दिएको उजुरीमाथि छानविन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ ।

नगर कार्यपालिकाको सोमबार बसेको पहिलो बैठकले विसं २०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे अवधिमा सञ्चालन भएका केही योजना तथा कार्यक्रमका विषयमा अनियमितता भएको जनगुनासो तथा उजुरी परेपछि नगर उपप्रमुख विशन राईको संयोजकत्वमा नौ सदस्यीय छानविन समिति गठन गरिएको हो ।

समितिको सदस्यमा राम कटुवाल, महेन्द्र राई, मणि राई, यादवसेन राई, सरोज राई (इञ्जीनियर), युवराज श्रेष्ठ ९चार्टर्ड एकाउन्टेण्ट०, कृष्ण बुढाथोकी र सदस्यसचिवमा शिक्षा शाखा प्रमुख तीर्थबहादुर विश्वकर्मालाई राखिएको छ । भ्रष्टाचारमुक्त, सुशासनयुक्त समृद्ध नगर बनाउन आ–आफ्नो ठाउँबाट सङ्कल्प गर्ने निर्णय गरेको नगरपालिकाले अघिल्लो कार्यकालमा सञ्चालित योजना तथा कार्यक्रममा भएका अनियमिततामाथि छानविन गरेर दोषी ठहरिए कानुनी कारबाही गर्ने निर्णय गरेको हो ।

पन्ध्र वडा रहेको यस नगरपालिकामा विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का दीपनारायण रिजाल नगरप्रमुख र विणादेवी राई उपप्रमुख निर्वाचित भएका थिए । गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दलका साझा उम्मेदवार नेपाली कांग्रेसका तीर्थराई भट्टराई नगरप्रमुख र नेकपा (माओवादी केन्द्र)का विशन राई उपप्रमुखमा विजयी भएका थिए ।

बैठकले नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४ बमोजिमको नौवटा विषयगत समितिको संयोजकसमेत तोकेको छ । सहरी तथा पूर्वाधार विकास समितिको संयोजक दिनेश घिमिरे, आर्थिक विकास समिति संयोजकमा दिनेश राई, सामाजिक विकास समिति संयोजकमा दानबहादुर राई, वन, वातावरण, फोहरमैला तथा विपद् व्यवस्थापन समिति संयोजकमा रामकुमार हिङ्माङ, योजना, अनुगमन तथा तथ्याङ्क समिति संयोजकमा नवराज राई, राजस्व तथा आर्थिक प्रशासन समिति संयोजक खगेन्द्र राई, न्याय कानून तथा मानवअधिकार प्रवद्र्धन समिति संयोजकमा हरि चौलागाईँ र सामान्य प्रशासन समिति संयोजकमा झुलेन्द्र विश्वकर्मा चयन भएका छन् ।

बैठकले समितिका अन्य सदस्यहरु तोक्ने अधिकार नगरप्रमुख भट्टराई र उपप्रमुख राईलाई दिएको छ । यस्तै उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७६ बमोजिम योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरीवेक्षण गर्न उपप्रमुख राईको संयोजकत्वमा अञ्जना केसी र गङ्गा विश्वकर्मा सदस्य रहेको नगरस्तरीय योजना अनुगमन तथा सुपरीवेक्षण समिति गठन गर्ने, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ बमोजिमको नगर उपप्रमुखको संयोजकत्वमा गठन हुने स्थानीय राजस्व परामर्श समिति, दफा ६६ बमोजिमको नगरप्रमुखको संयोजकत्वमा गठन हुने स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति तथा दफा ६७ बमोजिमको नगर उपप्रमुखको संयोजकत्वमा गठन हुने बजेट तथा कार्यक्रम तर्जुमा समितिका सदस्य तोक्ने अधिकार नगरप्रमुख र उपप्रमुखलाई प्रत्यायोजन गरिएको छ ।

नगरपालिकामा शिक्षा क्षेत्रको सुधारका लागि सम्बन्धित क्षेत्रका विषयविज्ञसहितको शिक्षा समिति गठन गर्ने र उक्त समितिको काम, कर्तव्य र अधिकार स्वीकृत गर्ने, बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीको सेवा–सुविधा नेपाल सरकारले तोकेबमोजिम हुने व्यवस्था गर्नेलगायतका १२ बुँदे निर्णय गरिएको छ । अघिल्लो कार्यकालका जनप्रतिनिधिले नगरपालिकाभित्र सञ्चालित सबै बालविकास केन्द्रका सहजकर्ता तथा विद्यालय कर्मचारीको सेवा–सुविधामा आंशिक मात्र वृद्धि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved