Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बुद्धलालले MNO बाट निष्कासन गरेकाे “प्रेसिडेन्ट वीरलाल वालाहाङ” सहित २९ जना संघीय सदस्य MNO-DGG बाट पनि निष्कासन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 6, 2022
[webverse_shares]

जगत ठाडा मगर,काठमाडौ । निर्वाचन आयाेगकाे नियम अनुसार अवैधानिक रुपले पाँच बर्षदेखी संचालित मंगोल नेशनल अर्गनाइजेशन – गोपाल गुरुङ संगठनका प्रेसिडेन्ट वीरलाल वालाहाङ राईसहित २९ जना संघीय सदस्यहरुलाई साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेका छन ।

संगठनका तात्काकिन संयोजक वीरलाल वालाहाङले संगठनका बिधान बिपरित तानाशाह प्रवृत्तिमा संगठन चलाएको जस्ता संयौं आरोप लागेको छ । वीरलाल लगायत उनका पक्षका नेताहरुले बिधान बिपरित र आर्थिक हिनामिना गरेको आरोपमा संगठनबाट साधारण सदस्यसमेत नरहने गरि निलम्बन/निष्कासन/कारबाही गरिएको जनाएको छ ।

उनिहरुलाई पटक पटक सच्चिन आग्रह गर्दासमेत बिधान, सिंङो संगठन र मुलबासी मंगोलहरुको हकअधिकार बिपरित निरंकुश र तानाशाह तरिकाले अगाडि बढेकाले कार्बाही गरेको हो । संगठनका असन्तुष्ट सदस्यहरुले हेटौंडा बैठकबाट संगठनका प्रबक्ता तुलवीर दर्लामीलाई प्रेसिडेन्ट (संयोजक) मा सर्बसम्मत चयन गरिएपछि दर्लामीको संयोजकमा बनेको संघिय सभाले कार्बाही गरिएको हो ।

विज्ञप्तिमा यस्तो लेखिएको छ:

मिति : २०७९ जेठ २३ 

                प्रेस विज्ञप्ति 

मिति २०७९/१/१६ गते ललितपुरको ज्यापू समाजको हल पाटनमा भएको बन्दसत्रमा मौजुदा ६१ जनाको संघीय सभा सदस्यमध्ये ११ जना मात्रको उपस्तिथिमा हलले पास गरेको विधानको भाग ४, धारा ८ को उपधारा ३ र ४, धारा २० को उपधारा १ र २, धारा २३ र २४ को उपधारा २ र धारा ४० को उपधारा १ को (क) को समेत नाङ्गो हस्तक्षेप र उल्लंघन गरी आफुले आफैलाई प्रेसिडेन्ट उद्घोष गरियो । बाँकी कुनै पनि पदाधिकारी चयन नै नगरी बन्दसत्र सकिएको घोषणा गरी आजसम्मकै राजनीतिक अभ्यास विपरीत गठित कथित निर्वाचन मण्डलका सबै सदस्यसहित २९ जनाको कपोकल्पित संघीय समिति भोलिपल्ट वैशाख १७ गते खुला मंचमा घोषणा गरियो ।

संगठनको नाममा पहिलादेखि नै स्वदेश तथा विदेशबाट आर्थिक उठाई आर्थिक अपारदर्शीता र अनियमितता गर्दै कथित पाचौं राष्ट्रिय महाधिवेशनमा झन ठूलो आर्थिक घोटाला गरेको जस्ता खाले सम्पुर्ण गैरलोकतान्त्रिक पद्धति, अराजक क्रियाकलाप र शैली, चरम अवैधानिक गतिविधि र गुटबन्दी मात्र गरेनन् उल्टै संगठनका थुप्रै नेताकार्यकर्ता साधारण सदस्यसमेत नरहने गरी कारवाही गरियो भन्दै विज्ञप्ति जारी गरेको जस्ता गैरसांगठनिक र अमर्यादित कार्य दोहोर्‍याउदै आएकोले निज अ.मु.मं. वीरलाल वालाहाङ राई लगायत २९ जनाको कथित नेताहरुलाई अब आइन्दा यस संगठनमा साधारण सदस्यसमेत नरहने गरी निलम्बन/निष्कासन/कारबाही गरेको जानकारी गरिन्छ ।

अब उपरान्त यस संगठनको नाममा कुनै पनि काम कारबाही गरे/भएको पाइएमा गम्भीर कारबाही गरिने समेत जानकारी गरिन्छ । साथै सम्पूर्ण नेताकार्यकर्ता र शुभचिन्तकहरुलाई यस संगठनको सम्बन्धमा कुनैखाले सम्बन्ध, लेनदेन र भेटघाट नगर्न समेत जानकारी गरिन्छ । जय मंगोल ।

तुलविर दर्लामी
प्रेसिडेन्ट (संयोजक)

वीरलाल वालाहाङलाई निलम्वन गरिएको पत्र:
मिति : २०७९ जेठ २३ गते
प.सं.: ३९
च.नं.: २०७९/०८०

अ.मु.मं. वीरलाल वालाहाङ राई ज्यु,
सुकेधारा, काठमाडौ

विषय : निलम्बन गरिएको बारे ।

मिति २०७९/१/१६ गते ललितपुरको ज्यापू समाजको हल पाटनमा भएको बन्दसत्रमा मौजुदा ६१ जनाको संघीय सभा सदस्यमध्ये ११ जना मात्रको उपस्तिथिमा हलले पास गरेको विधानको भाग ४, धारा ८ को उपधारा ३ र ४, धारा २० को उपधारा १ र २, धारा २३ र २४ को उपधारा २ र धारा ४० को उपधारा १ को (क) को समेत नाङ्गो हस्तक्षेप र उल्लंघन गरी आफुले आफैलाई प्रेसिडेन्ट उद्घोष गरियो । बाँकी कुनै पनि पदाधिकारी चयन नै नगरी बन्दसत्र सकिएको घोषणा गरी आजसम्मकै राजनीतिक अभ्यास विपरीत गठित कथित निर्वाचन मण्डलका सबै सदस्यसहित २९ जनाको कपोकल्पित संघीय समिति भोलिपल्ट वैशाख १७ गते खुला मंचमा घोषणा गरियो ।

संगठनको नाममा पहिलादेखि नै स्वदेश तथा विदेशबाट आर्थिक उठाई आर्थिक अपारदर्शीता र अनियमितता गर्दै कथित पाचौं राष्ट्रिय महाधिवेशनमा झन ठूलो आर्थिक घोटाला गरेको जस्ता खाले सम्पुर्ण गैरलोकतान्त्रिक पद्धति, अराजक क्रियाकलाप र शैली, चरम अवैधानिक गतिविधि र गुटबन्दी मात्र गरेनन् उल्टै संगठनका थुप्रै नेताकार्यकर्ता साधारण सदस्यसमेत नरहने गरी कारवाही गरियो भन्दै विज्ञप्ति जारी गरेको जस्ता गैरसांगठनिक र अमर्यादित कार्य दोहोर्‍याउदै आएकोले निज अ.मु.मं. वीरलाल वालाहाङ राई लगायत २९ जनाको कथित नेताहरुलाई अब आइन्दा यस संगठनमा साधारण सदस्यसमेत नरहने गरी निलम्बन/निष्कासन/कारबाही गरेको जानकारी गरिन्छ ।

जय मंगोल ।
तुलविर दर्लामी
प्रेसिडेन्ट (संयोजक)

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved