काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाली कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरु आइरहेको बताएका छन्।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले कांग्रेसको एकल सरकार बनेपनि उनी अनुहारहरू मन्त्री हुने र गठबन्धन सरकारमा पनि तिनै मन्त्री बन्ने गुनासो आएको बताए।
थापाले भने, ‘नेपाली कांग्रेसको कुनैपनि बैठकमा यो विषयहरुको बारेमा कुनै छलफलहरु भएको छैन। यद्यपी पार्टीको केही नयाँ सांसदहरु जसले मन्त्री बनेर काम गर्ने अनुभव गर्न पाउनुभएको छैन।
निर्वाचित भएर आउनुभएका केही नयाँ साथीहरुले यत्रो नेपाली कांग्रेसको सरकार हुँदै गर्दाखेरी पनि केही नयाँ साथीहरुले मौका पाएको भए केही नयाँ कुराहरु सिक्ने मौका हुन्थ्यो।
