Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रेमिका बनाएर सामूहिक बलात्कार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 6, 2022
3 shares

काठमाडौँ । बाँके जिल्लाका एक युवकले साथीसँग मिलेर आफनो प्रेमिकाको सामूहिक बलात्कार गरेका छन् । फेसबुक मार्फत चिनजान भएर प्रेमिका बनाइएको किशोरीलाई आफ्नो ‘बर्थ डे’ मनाउन बोलाएका थिए ।

प्रहरीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिकाकी १६ वर्षीय किशोरीलाई शनिबार राति बैजनाथ गाउँपालिका–८ निवासी प्रेमी भनिएका हेमराज थारुसहित पाँच जनाले पालैपालो बलात्कार गरेका हुन् ।

सामूहिक बलात्कारमा संलग्न पाँचजना र घटनामा सहयोगी भूमिका निर्वाह गरेका दुई जनासहित सात जनालाई प्रहरीले आइतबार पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका विरुद्ध जवरजस्ती करणी विरुद्धको मुद्दा दायर गरी अनुसन्धान गरिएको बाँकेका जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

डीएसपी न्यौपानेका अनुसार कथित प्रेमी भनिएका चौधरी, विक्रान्त थारु, निराजन थारु, प्रवीण थारु र राजकुमार थारु बलात्कार अभियोगमा पक्राउ परेका छन् भने विश्वनाथ थारु र निर्देश थारूलाई घटनामा सहयोगी (मतियार) को भूमिका निर्वाह गरेको अभियोगमा पक्राउ गरिएको हो ।

घटना यसरी सुरु हुन्छ
प्रहरीका अनुसार शनिबार साँझ आफ्नो ‘बर्थ डे’ पार्टी मनाउन भन्दै हेमराजले ती किशोरीलाई बाँके र बर्दियाको बीचमा पर्ने मनाखोला भन्ने स्थानमा बोलाएका थिए ।

प्रेमीले बोलाएपछि बस चढेर आएकी उनलाई पहिला चौधरीले आफूसहित अन्य चार जना साथीलाई लिएर बढैया ताल घुमाउन लगेका थिए । त्यहाँबाट फर्केर मनाखोलाको फुलवारीमा आई मदिरा सेवनसहित बर्थे डे मनाउन सुरु गरेका उनीहरुले ती किशोरीलाई पनि मदिरा पिउन बाध्य पारेको बताइएको छ ।

मदिरा पिउँदै जाँदा किशोरी लठ्ठ परेपछि प्रेमी चौधरीसहित पाँच जनाले पालैपालो बलात्कार गरेको प्रहरीको भनाइ छ । सामूहिक बलात्कारका क्रममा बेहोस भएकी किशोरीलाई मोटरसाईकलमा चढाएर बैजनाथको विपरी भन्ने स्थानमा रहेको विक्रम थारुको गोठमा लगेर उनीहरुले सुताएका थिए । केही बेरपछि होस खुलेकी उनलाई फेरि निराजन र विक्रान्तले बलात्कार गरेका थिए ।

तत्पश्चात अर्धचेत बनेकी उनलाई मोटरसाइकलमा राखेर उनको घर लैजाँदै गरेको अवस्थामा नेपालगञ्ज–गुलरिया सडकखण्डको उढारापुरानमा प्रहरीलाई शंका लागेर सोधपुछ गरेको थियो । प्रहरीसमक्ष किशोरीले बलात्कारबारे बताएपछि तत्कालै तीन जना र क्रमशः अन्यलाई ईलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक प्रेम प्रसाद रेग्मीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved