प्रेम श्रेष्ठ, खाेटाङ । खाेटाङकाे रावाबेसि स्थित देउरालि मा.वि. को ६५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न । रावा बेसी गाउपालिका-४ डुम्रेधारापानी स्थित श्री देउराली मा.वि. को ६५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम वि.व्य.स. अध्यक्ष सिताराम अधिकारीको सभापतित्वमा र रावाबेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठको प्रमुख आतिथ्य सम्पन्न भएको छ । 
१९ गते प्रा.वि. १-३ स्तरीय भित्र बाहिर प्रतियोगिता, प्रा.वि. ४-५ स्तरी स्मरण शक्ति जाँच प्रतियोगिता, रावाबेसी-४ डुम्रेधारापानी वडा नम्बर ५ दुबेकोल र ऐसेलुखर्क-६ ज्यामिरेका वडाहरुबिच वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, २० गते नि.मा.वि. स्तरीय हाजिरीजबाफ प्रतियोगिता, मा.वि. स्तरीय वादविवाद प्रतियोगिता, मा.वि. स्तरीय सामुहिक नृत्य, र आज २१ गते लोक दोहोरी प्रतियोगिता लगायत विभिन्न कार्यक्रम मनाइएको सहायक प्र.अ. सविन लम्सालले बताए ।
वार्षिक उत्सव १९ गतेबाट सुरु भएको हो ,कार्यक्रममा रावाबेसी गाउपालिका निवर्तमान अध्यक्ष लिलानाथ निरौला , वर्तमान उपाध्यक्ष कौशिला कुमारी गुरुङ , ऐसेलुखर्क-६ ज्यामिरेका वडा अध्यक्ष सुनिल राई , रावाबेसी गाउँपालिका शिक्षा शाखा प्रमुख तिर्थराज दाहाल साथै गाउँपालिका भित्रका कर्मचारीहरु, वडाका वडा सदस्यहरु, विभिन्न पार्टीका पार्टी प्रतिनिधिहरु, शिक्षक, अभिभावक लगायतको उपस्थिति थियो ।
