Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङमा दश स्थानीय तहका लागि रु तीन अर्ब ६२ करोड बजेट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 4, 2022
232Shares

खोटाङ । नेपाल सरकार, अर्थ मन्त्रालयबाट आर्थिक वर्ष २०७९/०८० का लागि खोटाङका दश स्थानीय तहलाई साढे तीन अर्बभन्दा बढी बजेट प्राप्त भएको छ । अर्थ मन्त्रालयले दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका लागि समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानगरी रु तीन अर्ब ६२ करोड एक लाख बजेट उपलब्ध गराएको हो ।

जिल्लाको सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रु ६५ करोड १५ लाख र सबैभन्दा कम बराहपोखरी गाउँपालिकाले रु २४ करोड २४ लाख बजेट प्राप्त गरेको छ । हलेसी तुवाचुङ नगरपालिकाले रु ४९ करोड छ लाख, ऐसेलुखर्क गाउँपालिकाले रु ३२ करोड ४९ लाख, केपिलासगढी गाउँपालिकाले रु २५ करोड ८६ लाख, खोटेहाङ गाउँपालिकाले ४३ करोड एक लाख बजेट पाएका छन् ।

यस्तै, जन्तेढुङ्गा गाउँपालिकाले रु २९ करोड ९५ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले रु ३७ करोड ९२ लाख, साकेला गाउँपालिकाले रु २५ करोड ६० लाख र रावाबेवसँ गाउँपालिकाले रु २८ करोड ७३ लाख बजेट प्राप्त गरेको अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा उल्लेछ । अर्थ मन्त्रालयले गत वर्ष दश स्थानीय तहका लागि रु रु तीन अर्ब ५७ करोड ६४ लाख बजेट उपलब्ध गराएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष खोटाङका दश स्थानीय तहका लागि रु छ लाखमात्र बजेट बढेर आएको पाइएको छ । स्थानीय तहमा आएको बजेट वृद्धि नहुनुमा जिल्लाबाट निर्वाचित सङ्घीय सांसदहरुको कमजोरी रहेको जिल्लाबासीको आरोप छ ।

यसैबीच, जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना तथा अन्य साना – ठूला दर्जनौँ नयाँ योजनाका लागि समेत अर्थ मन्त्रालयबाट बजेट विनियोजन भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तरगत पर्ने रावाबेँसी गाउँपालिका–२ लामीडाँडास्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि यस वर्ष रु ९४ करोड बजेट विनियोजन गरेको छ ।

मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राष्ट्रिय राजमार्गलाई समेत यस वर्षको बजेटमा समावेश गरेको पाइएको छ । दिक्तेल बजार भएर भोजपुर जोड्ने मध्यपहाडी लोकमार्ग तथा दिक्तेलबाट उदयपुरको गाईघाट हुँदै पूर्वी तराईका जिल्ला जोड्ने सगरमाथा राष्ट्रिय राजमार्ग कालोपत्रको काम भइरहेको छ ।

सरकारले यस वर्षको बजेट वितरणमा खोटाङलाई विभेदपूर्ण व्यवहार गरेको खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद एवम् नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो । “राष्ट्रिय गौरवको आयोजनामा पर्ने दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना करिब रु तीन खर्ब लगानीमा पूरा हुने डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएको छ”, उहाँले भन्नुभयो, “सरकारले यस वर्ष दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि रु ९४ करोड बजेट विनियोजन गरेको छ । यस विषयमा म संसदमा कुरा उठाउने तयारी गरेको छु ।”

सङ्घीय सरकार अन्तरगत विभिन्न मन्त्रालयबाट बजेट विनियोजन भएर जिल्लामा सञ्चालित क्रमागत योजनालाई भने यस वर्ष पनि निरन्तरता दिएको पाइएको छ । जिल्लामा सञ्चालित सडक, सडक पुल, खानेपानी, भवन निर्माण जस्ता साना- ठूला योजनालाई सरकारले यस वर्ष पनि निरन्तरता दिएको पाइएको हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved