Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मोटरसाइकलले ठक्कर दिंदा राप्रपाका जिल्ला अध्यक्ष श्रेष्ठ गम्भीर घाईते

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 3, 2022
116

खोटाङ। खोटाङमा मोटरसाइकलले ठक्कर दिंदा राप्रपाको निवर्तमान जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठ गम्भीर घाईते भएका छन्।आज दिउँसो १:३० वजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारको शपिङ कम्प्लेक्स अगाडीको सडक छेउमा प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा ५६ वर्षीय श्रेष्ठ गम्भीर घाईते भएका हुन्।

रत्नपार्क जिरोप्वइन्टबाट बजारतर्फ जाँदै गरेको उक्त मोटरसाइकलले ठक्कर दिंदा श्रेष्ठ गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए। प्रहरी नायब उपरीक्षक लम्सालका अनुसार श्रेष्ठको टाउको र छातीमा चोट देखिएको छ।

स्थानीयवासीका अनुसार पछाडीबाट मोटरसाइकलले ठक्कर दिएपछि श्रेष्ठ त्यही ढलान सडकमा ढलेका थिए। श्रेष्ठ भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा राप्रपाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा उमेदवार थिए । उनले मेयरमा ४०५ मत पाएका थिए। उनी हाँकाहाँकी बोल्ने र भ्रष्टाचार विरोधी नेताका रुपमा चिनिन्छन्।

श्रेष्ठसँगै सोही मोटरसाइकलमा सवार लफ्याङका ४८ वर्षीया विष्णुकुमारी राई पनि मध्यम घाईते भएका छन्। दुबैजनालाई माटिकोरे खेलमैदानबाट हेलिकोप्टरमार्फत काठमाण्डौको बाँसवारीस्थित न्युरो अस्पतालमा उपचारमा लगिएको छ।

अहिले दुबैजनाको उपचार भईरहेको जनाईएको छ। मोटरसाइकल चालक लफ्याङका १७ वर्षीय अभिषेक राई र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त दुर्घट्नामा घाइते विष्णुमाया चालक अभिषेकका आमा हुन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved