Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

३९ मेगावाट बिजुली भारत निर्यात

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 3, 2022
29

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले वर्षायाम सुरुभएसँगै भारतमा ३९ मेगावाट बिजुली निर्यात गर्न थालेको छ। प्राधिकरणले नेपालमा उत्पादन भएको बिजुली बढी भएर बुधबारमध्यरातिदेखि भारत निर्यात गर्न सुरुवात गरेको हो। प्राधिकरणले नेपालमा खपत नभएर बढी भएको ३९ मेगावाट बिजुली निर्यात गरेको हो।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बुधबार मध्यरातदेखि ३९ मेगावाट बिजुली भारत निर्यात गर्न थालेको बताए। ‘प्राधिकरणले बुधबार मध्यरातदेखि भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार आईईएब्समा प्रत्येक १५ मिनेटको ब्लकमा बिजुली बिक्रीको लागी राखेको हो,’ उनले भने‘ हामीले त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली भारत पठाउँदै आइरहेका छौं ।’ अहिले प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धक कम्पनीले साढे १३ सय देखि १४ सय मेगावाट बिजुली उत्पादन गर्दै आइरहेका छन्। प्राधिकरणले २४ औंघण्टा बिजुली बिक्री गर्दै आइरहेको छ।

प्रवक्ता भट्टराईले प्राधिकरणले भारतमा बिजुली निर्यात गर्दा प्रति युनिट भारु ६.२८ रूपैयाँमा बिजुली बिक्री गर्दै आइरहेको छ। प्राधिकरणले कुनै समय अधिकत्तम भारु १२ रूपैयाँ पनि पाउँदै आइराखेको छ। नेपालले ३६४ मेगावाट बिजुली भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा बेच्न स्वीकृति पाइसकेको छ।

प्राधिकरणले गत कात्तिक १५ गते भारतीय ऊर्जा बजारमा वर्षायाममा देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादन भएको १५ मेगावाट र त्रिशूली जलविद्युत् आयोजनाबाट उत्पादित २४ मेगावाट बिजुली निर्यात गर्न अनुमति पाएको थियो। त्यस्तै गत चैत २३ गते प्राधिकरणले भारतलाई थप ३ सय २५ मेगावाट बिजुली बिक्री गर्ने अनुमाति पाएको थियो।

प्राधिकरणका अनुसार बर्खामा कालीगण्डकी जलविद्युत् आयोजनाको १४४ मेगावाट, मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको ७० मेगावाट, मस्र्याङ्दी जलविद्युत् आयोजनाको ६९ मेगावाट र लिखु जलविद्युत् आयोजनाकोे ५२ मेगावाट बिजुली भारतमा निर्यात गरिनेछ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved