खोटाङ । हलेसी बजार सरसफाई गरीएको छ । हलेसी तुवाचुङ नगरपालिकाको आयोजनामा ग्यारेजटोल, लाकुरीभन्ज्याङ, डाडाबजार, सालपा बिकास बैंकचौक, रीठ्ठाबोटे, मन्दिरप्राङ्गण लगाएतको क्षेत्रमा सरसफाई गरीएको हो ।
घर आगन सरसफाई भएपनि सडक, खाली जग्गा तथा पाखाहरुमा फोहर फाल्ने प्रवृति बढेकाले सरसफाई कार्यक्रमको आयोजना गरीएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताउनु भयो । उहाँका अनुसार पर्यटकिय त्रि–धार्मिक तिर्थस्थल हलेसीका सम्पूर्ण फोहर नउठेसम्म प्रत्येक हप्ता सरसफाई कार्यक्रम संचालन गरीनेछ । हाल संचालनमा रहेको डम्पीङ साइट भरिएकाले त्यहा रहेका फोहरलाई उपयुक्त स्थान खोजेर गाडीदिने र पछी उठेका फोहरहरुलाई वर्गिकरण गरी रीसाईकल गर्ने नगरपालिको योजना छ ।
हलेसीमा सीसाजन्य वस्तुको आयात सहज भएपनि निर्यात हुन नसक्दा फोहर व्यावस्थापनमा समस्या हुँदै आएको छ । यस विषयमा व्याबसायीहरुसँग छलफल गरी सिसाका बोतलमा प्याक भई आउने वस्तुको आयातमा रोक लगाउदै क्यान मार्पmत आउने वस्तुहरुलाईमात्र बिक्री बितरणका लागि खुला गर्ने नगरपालिकाले जनाएको छ ।
सरसफाई कार्यक्रममा नगर प्रमुख विमला राई, उपप्रमुख रमेश कुमार राउत, प्रमुख प्रशासकिय अधिकृत रवि किरन आचार्य, मन्दिर व्यास्थापन समिति अध्यक्ष हर्कराज राई, हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्मर बहादुर भुजेल, इलाका प्रहरी कार्याल हलेसी, माछापुछ्रे बैंक, सेन्चुरी कमर्सीयल बैंक लगाएत बजारबासीहरुको सहभागीता रहेको थियो ।
