हेटौंडा । हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामाले नगरलाई प्रबिधी मैत्री बनाउँनका लागि बिद्युतको समस्या रहेको बताइन् । हेटौंडामा भएको ‘डिजिटल बागमती’ सम्बन्धी कार्यक्रममा उनले उपमहानगरका सबै वडालाई प्रबिधीमैत्री बनाउने प्रयत्न भएपनि यहाँ बिधुतको समस्या रहेको बताइन् । बिधुतको समस्या टरेसँगै प्रबिधीको पाटोमा अघि बढ्ने मेयर लामाले प्रतिवद्धता जनाइन् ।
उनले प्रबिधीसँग जोडिने चाहना र भावना नभएसँम्म समाज अघि बढ्न नसक्ने बताइन् । डिजिटल हुने चाहना जबसम्म मानिसमा हुँदैन तवसम्म परिवर्तन असम्भब भएको उनले बताइन् ।
समाजले प्राबिधीक परिवर्तनलाई आत्मसाथ गर्दै सिक्ने चाहना नराखेसम्म बिकासमा समस्या आउने बताइन् । नगरलाई समृद्ध र सवल बनाउने काममा कुनै कसर बाँकि नराख्ने भन्दै मेयर लामाले उपमहानगरमा सुशासन र पारदर्शिताको साथ काम गर्ने बताइन् ।
नागरीकलाई सचेत पार्दै जनताको आधारभुत आवश्यकता पुर्तिका लागि सचेत रहेको बताइन् । लिभिङ्ग विथ आइसिटिका अध्यक्ष राजन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे,आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनाल, प्रदेश योजना आयोगका सदस्य प्रल्हाद लामिछाने लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रबिधीको प्रयोग र बागमतीको अवस्थाबारे छलफल गरीएको थियो । khabarbreak.com बाट सभार गरिएको
