Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सिन्धपाल्चोकमा कांग्रेस नेता अपहरण गरेको आरोपमा एमाले र माओवादी कार्यकर्ताविरुद्ध पक्राउ पुर्जी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 2, 2022
12 shares

निरोज तोलाङे, सिन्धपाल्चोक ।  अपहरण र शरीर बन्धक गरेको आरोपमा नेकपा एमाले र एमाओबादी केन्द्रका चार जना कार्यकर्ताबिरुद्ध पक्राउ पूर्जी जारी भएको छ । सुनकोशी गाउँपालिका–६ थुम्पाखरका स्थानीय काँग्रेस नेता तथा यातायात ब्यवसायी धन बहादुर कार्की (बलराम)लाई अपहरण र शरीर बन्धक गरेको आरोपमा सुनकोशी गाउँपालिकाका नेकपा एमाले र एमाओबादी केन्द्रका चार जना कार्यकर्ता बिरुद्ध प्रहरी कार्यालयले मुद्धा दर्ता गरी पक्राउ पूर्जी जारी गरेको हो ।

स्थानीय तह निर्वाचनमा पार्टी परिर्वतनका बिषयलाई लिएर भएको अपहरण र शरीर बन्धक मुद्धा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा दर्ता भएको छ । सुनकोशी गाउँपालिका–५ का रमेश लामा (चाइनिज), अमर लामा सोही गापा–६ का दिनेश थापा, उमेश खड्का बिरुद्ध प्रहरी कार्यालयमा उपहरण र शरीर बन्धक आरोपमा किटानी जाहेरी दिएको पीडित कार्कीले बताएका छन् । तर प्रहरीले भने कस–कसको नाममा पक्राउ पुर्जी जारी गरेको भन्नेबारे सार्वजनिक गरेको छैन् । आरोपित चारै जना अहिले फरार रहेका छन् । उनीहरुको मोबाइल अफ रहेको छ । आरोपितहरुलाई खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको मुचुल्का उठाउन प्रहरी लागेको छ ।

सुनकोशी गापा–६ का धन बहादुर कार्की (बलराम)ले इलाका प्रहरी कार्यालयमा तत्कालीन समयमा किटानी जाहेरी दिएको पत्र । यातायात ब्यवसायी कार्की बैशाख २६ गते बिहान सुनकोशी गापा–६ थुम्पाखरबाट काभ्रेपलाञ्चोक स्थित पाँचखालमा गाडी बनाउन गईरहेका थिए । सो समयमा कार्की र उनका भतिज साजन कार्की सुकुटे बजारमा ओर्लिएर चिया नास्ता खाईरहेका थिए ।

सोही समयमा कार्कीलाई सुनकोशी गाउँपालिका–५ का रमेश लामा ९चाइनीज०, अम्मर लामा, उक्त गापा–६ का दिनेश थापा, उमेश खड्का लगायतका १०÷१५ जनाको समूहले सुकुटे बजारबाट जबरजस्ती गाडीमा हालेर अपहरण गरी कुटपिछ गर्दै घाँटीमा खुकुरी राखेर आँखामा पट्टी बाँधेर करिब १ घण्टा कच्ची सडकतिर लगेको र पछि सुनकोशी गापा–७ स्थित सदाबहार एकेडेमी स्कूलमा पुर्‍याएको कार्कीले बताएका छन् ।

साथै कार्कीको साथमा रहेका ९७ हजार रुपियाँ लुटेको बताएका छन् । उक्त बिद्यालयमा पुर्‍याएपछि पनि बिभिन्न धम्की, त्रास दिएको कार्कीले बताए । अपहरणमा पर्न साथ कार्कीका भतिज साजनले प्रहरीलाई खबर गरेका थिए । अपहरणमा परेका कार्कीको लामोसाँघु प्रहरीले तीव्र खोजी गरेको थियो । खोजी गर्ने क्रममा जनपथ प्रहरी र शसस्त्र प्रहरी सदाबहार एकेडेमी पुगेको थियो । प्रहरीले उक्त बिद्यालयबाट कार्कीलाई उद्धार गरी अपहरण मुक्त गरेको थियो ।

उपहरणमूक्त पश्चात् कार्कीले उक्त दिन इलाका प्रहरी कार्यालय बाह्रबिसेमा आफू उपहरण र शरीर बन्धक भएको भन्दै किटानी जाहेरीका साथ मुद्धा दर्ताका लागि पुगेका थिए । तर उनको मुद्धा दर्ता हुन सकेको थिएन् । जेठको पहिलो साता उक्त किटानी जाहेरी दर्ता भई आरोपितहरुलाई पक्राउ पूर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved