Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इन्टरनेट सेवा जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्छ : आईस्पान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 2, 2022
0 shares

काठमाडौं। इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ। निजी तवरका इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै आईस्पानले यस्तो चेतावनी दिएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई कक्षा १२ को परीक्षाभर देशभर इन्टरनेट सेवामा अवरोध नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिएको थियो। राष्ट्रिय परीक्षा बोर्डको आग्रहमा प्राधिकरणले यस्तो निर्देशन दिएपछि आईस्पानले चेतावनीयुक्त विज्ञप्ति जारी गरेको हो। आईस्पानले यस्तो निर्देशन कार्यान्वयन गर्न समर्थ नरहेको जवाफ दिएको छ। ‘एकातिर राष्ट्रिय परीक्षा बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणले बिना अवरोध इन्टरनेट सेवा देशभर प्रवाह गर्न भनिरहेको अवस्था छ भने अर्कोतर्फ नेपाल विद्युत् प्राधिकरणका क्रियाकलापहरूले देशभर इन्टरनेट बन्द हुने स्थिति उत्पन्न भएको छ,’ आईस्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कक्षा १२ को वाषिर्क परीक्षा सञ्चालनमा प्रतिकूल असर पार्ने अवस्था रहेको हुँदा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विज्ञान प्रविधि मन्त्रालयको विशेष ध्यानाकर्षण गराउँछौ।’

विद्युत् प्राधिकरणले सरकारको सहभाथिगतमा भएको अध्ययन प्रतिवेदन कार्यान्वयन नगरी पोलको भाडा बढाएको भन्दै सेाव प्रदाकयले आपत्ति जनाएका छन्। बढेको पोल भाडा तिर्ने गरी पोलभाडा सम्झौता नगरेको भन्दै प्राधिरकणले विद्युत आपूर्तिमै अवरोध पुर्‍याएको आईस्पानको आरोप छ। इन्टरनेट सेवा प्रदायकले पोल भाडा नबुझाएपछि प्राधिरकणले पटक-पटक लाइन कटौती गर्ने चेतावनी दिँदै आएको छ। इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेकाले नियामक निकायको निर्देशन पालना गर्न असमर्थ रहेको आईस्पानको भनाइ छ। ‘विद्युत कटौती हुँदा आमउपभोक्ताको घरघरमा बैंक तथा वित्तीय क्षेत्र, उड्डयन क्षेत्र, स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, लगायतका संवेदनशील क्षेत्रमा इन्टरनेट सेवा प्रवाह अवरुद्ध हुनसक्ने स्थिति सिर्जना भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

इन्टरनेट सेवा अवरुद्ध हुनबाट रोक्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय लगायत सम्बन्धित नेपाल सरकारका निकायहरुलाई आईस्पानले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved