खाेटाङ। दस स्थानिय तह रहेकाे खाेटाङकाे दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाले हिजाे मंगलबार एक कार्यक्रम गर्दै नगरपालिकामा रहेकाे १५ वटै वडाका जनप्रतिनिधिहरु बिच परिचयात्मक कार्यक्रम सम्पन्न गरेकाे छ। कार्यक्रममा नगरपालिकाकाे लागि प्रमुख प्रसाशकिय अधिकृत निलम कुमार न्याैपानेले हिन्दु ग्रन्थ बेदका हरफहरुबाट नव निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिएका थिए।
अबकाे दिनहरुमा जनप्रतिनिधिहरुले राजनिति र पार्टिकालागि भन्दा जनताकाे सेवा र बिकासकाे कामहुमा केन्द्रित रहेर अघिबढ्नुपर्ने समेत न्याैपानेले बताए भने नगरपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारिहरुकाे पनि हरेककाे हरेक राजनिति पार्टिहरुसँग नजिक रहेता पनि कार्यालय समय भनेकाे राज्यले दिएकाे आफ्नाे जिम्मेवारि हाे भन्ने ख्याल गरेर काम गर्न सुझाएका थिए।
कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत न्याैपानेले नियम संगत र प्रकृया भनदा बाहिर रहेर गरिएका कुनै पनि काम, याेजनाहरुकाे भुक्तानि नगरले गर्न नसक्ने बताउँदै सबैले प्रकृयागत र नियम संगत कामगर्न कर्मचारिहरु साथै उपस्थित सबै वडाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जानकारी गराएका थिए।
यस्तै, बिकास निर्माणकाे क्रममा उपभाेक्ता समिति गठन गर्दा मनाेमानि भएकाेले नगर प्रमुख तिर्थराज भट्टराईले संबंधित ब्यक्ति वा सराेकारवालाहरुकाे प्रत्येक्ष उपस्थितिमा मात्रै उपभाेक्ता समिति गठन गर्नुपर्ने बताएका थिए।
परीचयात्मक कार्यक्रममा मन्तब्यको क्रममा गाउँमा गएका सम्बन्धीत योजनाहरुको उपभोक्ता समीति गठन गर्दाखेरी आम उपभोक्ताहरुले थाहै नदिई एकांकी ढगले उपभोक्ता समीती गठन भएको ज्यादै गुनासो आएकोले सम्बन्धित योजनाका उपभोक्ताहरुलाई कानुनत सुचना निकालेर जानकारी गराई सबैको भावना अनुसार उपभोक्ता समीती गठन गरी काम सम्पन्न गर्न आग्रह गरेका थिए ।
मनखुसी उपभोक्ता समीती गठन गर्दा जनप्रतीनिधीहरु संग मन दुखाउने र योजना पुरा नहुने भएकोले बिना पुर्वाग्रह उपभोक्ताहरुलाई बोलाएर उपभोक्ता समीती बनाउने अभ्यास गदै पारदर्शी ढंगले योजना सन्चालन गर्न उपस्थीत प्रतीनिधीहरुलाई मेयर भट्टराईले आग्रह गरेका थिए ।
