Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

वडामै लगेर सामाजिक सुरक्षाभत्ता दिने तयारीमा मेयर भट्टराई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 31, 2022
30 shares

 

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम वडामै पुर्याउने तयारी सुरु गरेको छ। सामाजिक सुरक्षा भत्ता अनियमितता रोक्नलाई बैकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीलाई अचाक्ली शास्ती भएको ठहर गर्दै वडामै पुर्याउने तयारी थालेको हो।

नगरपालिकाले आज आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तीर्थराज भट्टराईले सुरक्षा भत्ता वितरण कार्यक्रम वडामै लैजाने तयारी थालिएको बताए। सामाजिक सुरक्षा भत्ता वडामै पुगेर बाँड्ने वातावरणको तयारी गर्दैछौ। नगरप्रमुख भट्टराईले थपे,‘त्यसका लागि आगामी शनिबार बैंक तथा वित्तिय संस्थाहरुसँग बसेर गहन छलफल गदैर्छौ, निष्कर्ष निकाल्ने छौ।’

१५ वडा रहेको दिक्तेल रुपाकोट माझुवागढी नगरपालिकाका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता लिन दिक्तेल बजारको बैंकसम्म आउँदा र लिएर घरसम्म पुग्दा प्राप्त भत्ता नै सकिने गरेको छ । यतिसम्मकी भत्ता पाउने ज्येष्ठ नागरिकलाई भत्ता लिन आउन जान सबैभन्दा शास्ती हुने गरेको छ। बैंकमा घण्टौ लाइन बस्दा कतिपय बृद्धबृद्धा बिरामी समेत हुने गरेको पाईएको छ।

टाढाबाट नगरपालिकामा काममा आउने सेवाग्राहीलाई रित्तै नर्फकाउन हेल्प डेस्क राख्नेबारे पनि कार्यपालिका निर्माण भएपछि छलफल गरिने नगरप्रमुख भट्टराईले बताए। निर्वाचित १५ वडाका वडाध्यक्ष र वडा सदस्यलाई इंगित गर्दै उपभोक्ता समिति गठनमा अनिवार्य पारदर्शीता हुनुपर्ने भट्टराईको भनाई थियो। कर्मचारीलाई ढिलासुस्ती नगरी सेवाग्राहीको काम गर्न निर्देशन समेत दिए ।

परिचयात्मक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपानेले अबको जनप्रतिनिधिको फोकस बिकासमा हुनुपर्ने बताए। कसैको दवाव र प्रभावमा प्रक्रिया नपुगेका काम आफूबाट नहुने न्यौपानेको भनाई थियो। वडाध्यक्षहरुको प्रतिनिधित्व गर्दै बोलेका १४ नम्मर वडाका वडाध्यक्ष दिनेश राईले नगरपालिकाले पर्यटन, कृषि, व्यापारमा ठूलो लगानी गरेको र अब त्यसको प्रतिफल आउने विश्वास रहेको बताए। नगरले विभिन्न क्षेत्रमा गरेको लगानीको संरक्षक नगरमात्र नभई सम्पूर्ण नगरबासी भएकाले सबैले नगरको सम्पत्ती संरक्षण र प्रबर्धनमा लाग्नोपर्ने बाताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved