काठमाडौँ । पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि करिब एक घण्टासम्म उडान–अवतरण रोकिएको छ ।
बिहान नौ बजेपछि भने उडान–अवतरण जारी रहेको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिएका छन् ।
हवाई जहाजमा तेल भर्न जाँदै गर्दा एउटा ट्यांकर रनवेको नजिकै पल्टिएर तेल पोखिएको थियो । ‘संवेदनशील क्षेत्रमा भएकाले आठ बजेदेखि नौ बजेसम्म उडान–अवतरण रोकियो, नौ बजेपछि भने अहिले नर्मल छ,’ पोखरा विमानस्थलका प्रवक्ता सुवेदीले भने ।
